विश्वभरी दुई करोड २३ लाख व्यक्ति कोरोना सङ्क्रमणमुक्त

विश्वभरी दुई करोड २३ लाख व्यक्ति कोरोना सङ्क्रमणमुक्त

संसारभरी अहिलेसम्म कुल सङ्क्रमित मध्ये दुई करोड २३ लाख ५३ हजार ३०६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यसै गरि पौने चार करोड मानिस सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै साढे नौ लाख मानिसको मृत्यु भएको छ । विभिन्न निकायहरुले दिएको जानकारीअनुसार शनिबार दिउसोसम्ममा विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या तीन करोड ७ लाख २१ हजार ६६ पुगेको छ ।

त्यसैगरी मृत्यु भएकाहरुको सङ्ख्या नौ लाख ५६ हजार ८७६ पुगेको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । त्यस बाहेक विश्वभरी अहिले पनि ७४ लाख आठ हजार ५३१ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।

विश्वभरी अहिलेपनि सङ्क्रमित अवस्थामै रहेका मध्ये ७३ लाख ४७ हजार ११४ जना मध्यम अवस्थामा रहेका छन् भने अरु ६१ हजार ४१७ जना गम्भीर अवस्थामा रहेका छन् । गम्भीर अवस्थामा रहेकाहरुको अनुपात कुल सक्रिय सङ्क्रमितहरु मध्येको एक प्रतिशत मात्रै हो ।

देश अनुसार हेर्दा विश्वभरी सवैभन्दा धेरै सङ्क्रमितको संख्या अमेरिकामा रहेको छ । अमेरिकामा अहिलेसम्म कुल ६९ लाख २५ हजार ९५१ जना सङ्क्रमित भएका छन् । ती मध्ये दुई लाख तीन हजार १७१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी दोस्रो धेरै सङ्क्रमितहरु रहेको भारतमा अहिलेसम्म ५३ लाख आठ हजार १४ जना सङ्क्रमित भएका छन् भने ८५ हजार ६२५ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्याका आधारमा ब्राजिल तेस्रो स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म ४४ लाख ९७ हजार ४३४ जना सङ्क्रमित हुँदा एक लाख ३५ हजार ८५७ जनाको मृत्यु भएको छ ।

चौथोमा रहेको रुसमा दश लाख ९७ हजार २५१ जना सङ्क्रमित र १९ हजार ३३९ जनाको मृत्यु भएको तथ्याङ्का छ । पेरुमा अहिलेसम्म सात लाख ५६ हजार ४१२ जना सङ्क्रमित हुँदा ३१ हजार २८३ जनाको मृत्यु भएको छ । यो कोरनोभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्याका आधारमा पाँचौ धेरै सङ्क्रमितहरुको भएको मुलुकमा पर्दछ ।

त्यसैगरी सङ्क्रमितहरुको सङ्ख्याकै आधारमा कोलाम्बीया छैठौँ, मेक्सिको सातौँ, स्पेन आठौँ, दक्षिण अफ्रिका नवौँ र अर्जेन्टीना दशौँमा पर्दछ । एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्