तेक्वान्दोका खेलाडी र प्रशिक्षक सम्मानित

तेक्वान्दोका खेलाडी र प्रशिक्षक सम्मानित

विराटनगर । तेक्वान्दोका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरू सम्मानित भएका छन् । तेक्वान्डो एशोसियशन १ नम्बर प्रदेशले १९ औं वार्षिकोत्सवको अवसरमा खेलाडि, प्रशिक्षक र जिल्ला संघ सम्मान गरेको हो ।


तेक्वान्दोको उत्कृष्ट महिला खेलाडीमा मोरङकी केरिषा आचार्य, पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडी झापाका रोशन मगर, वर्षको उत्कृष्ट प्रशिक्षक मोरङका चतुरलाल चौधरी र उत्कृष्ट उदीयमान प्रशिक्षकमा झापाका चन्द्रबहादुर तामाङ सम्मानित भएका छन् । यस्तै वर्षको उत्कृष्ट जिल्ला संघमा झापा जिल्ला तेक्वान्दो संघलाई सम्मान गरियो ।

सम्मानित हुनेहरूलाई १ नम्बर प्रदेशको सामाजिक विकास राज्य मन्त्री जशमाया गजमेरले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।
कार्यक्रममा नेकपा दमक नगर सचिव बस्नेत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. १ का अध्यक्ष अर्जुन जम्नेली राई, नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका उपाध्यक्ष प्रविन कार्कीलगायतको सहभागिता रहेको थियो ।
त्यस अवसरमासामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले खेल क्षेत्र र खेलाडीलाई प्रदेश सरकारले प्रोत्साहन गर्न महत्वका साथ बजेट विनियोजन गर्ने बताएकी छिन् ।


तेक्वान्दो एसोसियसन प्रदेश नं. १ को १९ औं वार्षिकोत्सव तथा खेलाडि, प्रशिक्षक र जिल्ला संघ सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
सामाजिक विकास राज्य मन्त्री गजमेरले खेलाडीलाई राज्यले प्रोत्साहन, हौसला गर्नुपर्नेमा त्यसो हुन नसकेको स्वीकार्दै आगामी दिनमा बजेट विनियोजिन गर्दा अन्यक्षेत्र संगै खेलकुदलाई पनि महत्व दिइने बताइन् । गजमेरले १ नं. प्रदेशमा खेलकुद ऐन बनेको जानकारी दिंदै अब खेलकुद बोर्ड गठन गर्दा समानुपातिक प्रतिनिधित्व गराउने प्रतिबद्धता समेत गरिन् ।

खेलकुदले आत्मबल बढाउनुका साथै यसले खेलाडीको स्वर्णीम भविष्य बनोस भनी शुभकामना समेत दिइन् ।
कार्यक्रममा नेकपा दमक नगर कमिटी सचिव तीर्थराज बस्नेतले खेलक्षेत्र राज्य र राजनीतिबाट समेत ओझेलमा परिएको बताए । उनले खेलकुद क्षेत्रमा छुटिएको रकम सबै खेललाई समान रुपमा विभाजन गर्नुपर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्