बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन ट्रम्पले इच्छा देखाएनन

बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन ट्रम्पले इच्छा देखाएनन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिश्पर्धी जोन बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन अनिच्छा व्यक्त गर्नुभएको छ । अर्को हप्ता हुने तय भएको बसहमा आफु सहभागी हुन नचाहेको उहाँले विहीबार जानकारी दिनुभएको हो । कोरोनाभाइरसबाट सङ्क्रमित भइ अस्पताल बसेर फेरी निवास फर्किनु भएका ट्रम्पले आफू अझै उपचारकै क्रममा रहेको पनि उल्लेख गर्नुभएको छ ।

“म भर्चुअल बहसमा सहभागी हुन गइरहेको छैन,” फक्स न्युजसँग राष्ट्रपति ट्रम्पले भन्नुभयो । राष्ट्रपतीय बहस आयोगले दोस्रो बहसको तयारी गरिरहेका बेला उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
उहाँहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो । सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्थीले बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिनुभएको हो ।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतिय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व राष्ट्रपति विडेन डेमोक्र्याटको तर्फबाट प्रतिश्पर्धा गर्न लाग्नु भएको छ ।
त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको पक्षबाट वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको पक्षबाट कमला ह्यारिसका बीचमा प्रतिश्पर्धा हुन लागेको छ । उहाँहरुका बीचमा पहिलो बहस बिहीबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्