बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित तीन लाख सतहत्तर हजार भन्दा बढी

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित तीन लाख सतहत्तर हजार भन्दा बढी

बङ्गलादेशमा पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार २०३ रहेको स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ ।

बङ्गलादेशमा अहिलेसम्म कूल तीन लाख ७७ हजार ७३ जना सङ्क्रमित भएका छन् भने मृत्यु सङ्ख्या पाँच हजार ५०० पुगेको छ ।

तथ्याङक अनुसार विगत २४ घण्टामा बङ्गलादेशमा १० हजार ८५९ व्यक्तिको कोभिड–१९ परीक्षण भएकोमा एक हजार २०३ जना सङ्क्रमित भेटिएका हुन् ।

इस्लाम बहुल यो मुलुकमा शनिबार कोभिड–१९ सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या एक हजार ४५३ रहेको बताइएको छ । अहिलेसम्म कूल दुई लाख ९१ हजार ३६५ व्यक्ति निको भई घर फर्किएका छन् ।

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.४६ प्रतिशत रहेको छ भने सङ्क्रमणमुक्त भएको सङ्ख्या ७७.२७ प्रतिशत रहेको छ ।

बङ्गलादेशमा सबैभन्दा बढी जुलाई २ मा चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने सबैभन्दा बढी ६४ जनाको मृत्यु जुन ३० मा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्