भाजपा नेताको हिरासतमा निधन

भाजपा नेताको हिरासतमा निधन

भारतीय जनता पार्टी (भाजपा) बुथ उपाध्यक्ष मदन गोडाइको प्रहरी हिरासतमा मृत्यु भएको भाजपा पश्चिम बङ्गाल एकाईले शुक्रबार जनाएको छ ।

भाजपाको क्षेत्रीय सङ्गठनले गोडाइलाई हिरासतमा प्रहरीले निर्मम यातना दिएको र यसै कारण मृत्यु भएको जनाएको छ ।

भाजपा पश्चिम बङ्गाल एकाईले गोडाइलाई भुट्टा मुद्दामा घरबाट सुरक्षा नियन्त्रणमा लिएको र उहाँलाई प्रहरी हिरासतमा निर्मम यातना दिएको भाजपा पश्चिम बङ्गालले गरेको ट्वीटमा उल्लेख छ ।

भाजपाको क्षेत्रीय सङ्गठनले भनेको छ, “यो हिरासतमा प्रहरीको कुटाईबाट मृत्यु भएको प्रष्ट घटना हो । हामी मदन गोडाईको न्यायको लागि माग गर्दछौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्