क्रिसमस पहिले नै अष्ट्रेलियाको आन्तरिक सीमाना खोल्ने योजना

क्रिसमस पहिले नै अष्ट्रेलियाको आन्तरिक सीमाना खोल्ने योजना

अष्ट्रेलियाका आठमध्ये सात राज्य तथा क्षेत्रका नेताहरूले यस बर्षको अन्त्यसम्म महामारीका कारण बन्द घरेलु सीमा खुला गर्ने योजनामा सैद्धान्तिक सहमति गरेको प्रधानमन्त्री स्कट मोरिसनले बताउनुभएको छ ।

मोरिसनले शुक्रबार केन्द्रीय मन्त्रीपरिषद्को बैठकको अध्यक्षता गर्दै पश्चिम अस्ट्रेलियाका पिमियर मार्क म्याकगोवानबाहेक स्थानीय नेताहरूले डिसेम्बर २५ अर्थात् क्रिसमससम्ममा घरेलु सीमा खोल्न सहमत भएका बताउनुभएको हो ।

मोरिसनले क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयोे, “पश्चिमी अष्ट्रेलियाको अपवादबाहेक हामी सिद्धान्ततः फेरि सहमत बनेका छौँ ।”

अर्थव्यवस्था, समुदाय र समाजमा विभिन्न गतिविधिहरू सुरु मात्र नभई योजनालाई अघि बढाउन सार्वजनिक स्वास्थ्य गतिविधिका आवश्यक कार्यहरू पनि समावेश गरिनेछ उहाँले कोभिड–१९ महामारी नियन्त्रणलाई जोड दिँदै भन्नुभयो ।

म्याकगोवानले नोभेम्बरमा होटल क्वारेन्टाइनमा हालसालै फर्केका यात्रुहरूको सङ्ख्या १४० रहेको भन्दै तत्काल धेरै लचकता अपनाउन नहुने धारणा राख्नुभएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्