कानेपोखरीमा दोस्रो अन्तर वडा फुटबल शनिबारदेखि

कानेपोखरीमा दोस्रो अन्तर वडा फुटबल शनिबारदेखि

कानेपोखरी । कानेपोखरी गाउँँपालिका वडा नम्बर–४ मा दोस्रो अन्तर वडा फुटबल प्रतियोगिता–२०७७ सुरु हुने भएको छ।
वडा नम्बर ४ बयरबन कार्यालयको आयोजनामा यहि कार्तिक शनिबार कार्तिक २२ गतेदेखि २८ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको हो ।

आयोजक समितिका अध्यक्ष सुरेश गुरुङका अनुसार नेपालीहरुको महान चाड शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरि अन्तर वडा फुटबल प्रतियोगिता गर्न लागिएको हो ।

उनका अनुसार यस प्रतियोगितामा कानेपोखरी गाउँपालिका वडा नम्बर ४ भरिका ८ टिमले सहभागीता जनाएका छन। अन्तर वडा फुटबल प्रतियोगितामा बिजेता हुनेलाई रु १५ हजार रुपैयाँ र उपबिजेता हुनेलाई रु १० हजार नगद पुरस्कारसहित शिल्ड, प्रमाणपत्र तथा मेडल वितरण गरिने उनले बताए । खेल वडा नम्बर ४ को खोरियास्थित झोलुङ्गे पुल छेउको चौरमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्