इङ्ल्याण्डका क्रिकेटर जेम्स भिन्सलाई कोरोना

<span class='c1'>इङ्ल्याण्डका क्रिकेटर जेम्स</span> <span class='c2'>भिन्सलाई कोरोना</span>

इङ्ल्याण्डका चर्चित व्याट्सम्यान जेम्स भिन्स पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

सङ्क्रमित भएपछि आगामी पाकिस्तान सुपर लिग (पिएसएल) मा उहाँको सहभागीता हुने कि नहुने भन्ने बारेमा अनिश्चित भएको छ ।

उहाँलाई अहिले कुनै लक्षण नदेखिएको र चाडै नै फेरी परीक्षण गर्ने तयारी भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अहिलेलाई भने व्याट्सम्यान भिन्सलाई कम्तीमा दश दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने बाध्यता आइपरेको छ । सङ्क्रमण पुष्टि भएको दिन देखि नै उहाँ सेल्फ आइसोलेसनमा बस्नु भएको हो ।

कोरोनाभाइरसका कारण विश्वका धेरै प्रभावशाली खेलाडीहरू सङ्क्रमित भएका छन् । लामो समय खेल गतिविधि बन्द भएपनि पछिल्लो समय विस्तारै सूचारु हुन लागिरहेका बेला खेलाडीहरु सङ्क्रमित हुने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्