भारतीय राजधानी दिल्लीको वायु अत्यन्त दुषित

<span class='c1'>भारतीय राजधानी दिल्लीको</span> <span class='c2'>वायु अत्यन्त दुषित</span>

भारतको केन्द्रीय राजधानी दिल्लीमा वायुको गुणस्तर खस्किएर अति न्यून अवस्थामा पुगेको छ ।
शुक्रबार बिहानको वायुको गुणस्तर अति नराम्रो अवस्थाको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
वायु गुणस्तर सूचक (एक्युआइ) मा हेर्दा दिल्लीको वायुमा ३३० पुगेको थियो । यसअघि २४ घण्टा अगाडि ३१४ एक्युआई देखिएको थियो ।
छिमेकी सहरहरु फरिदाबादमा ३२७, गाजियाबादमा ३६०, नोएडामा ३३१, ग्रेटर नोएडामा ३२९ र गुडगाउँमा ३२८ एक्युआई देखिएको अधिकारीहरुले जनाएका छन् ।
सरकारी अधिकारीहरुले नयाँदिल्लीमा शनिबारको दिन र बेलुकाको समयमा अरु बेलाभन्दा बढी वायु प्रदुषण हुने गरेको जनाएका छन् ।
वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।
नयाँ दिल्ली विश्वकै धेरै प्रदुषित शहरको रुपमा चिनिदै आएको छ । प्रदुषित वायुका कारण नयाँदिल्लीको मौसम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ । पिटिआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्