बंगलादेशमा कोभिडको संक्रमण बढ्दो, छ हजारभन्दा बढीको मृत्यु

<span class='c1'>बंगलादेशमा कोभिडको संक्रमण बढ्दो,</span> <span class='c2'>छ हजारभन्दा बढीको मृत्यु</span>

बंगलादेशमा पनि पछिल्लो समयमा कोभिड १९का संक्रमितहरु बढ्दै गएको बताइएको छ । बंगलादेशमा आइतबार मात्र १ हजार ८३७ जना संक्रमित भेटिएका बताइएको छ । बंगलादेशमा शुरुमा कोभिडका संक्रमित नदेखिएको भए पनि अहिले बढ्दै गएका छन् ।

यहाँ अहिलेसम्म ४ लाखभन्दा बढी संक्रमित भएका छन् । बंगलादेशमा आइतबारसम्म ४ लाख ३२ हजार ३३३ जना संक्रमित भएका छन् ।यहाँका ३ लाख ४३५ जना संक्रमित निको भएका छन् । बंगलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ १.३४ प्रतिशत नागरिकको मृत्यु भएको छ ।

बंगलादेशको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यहाँका नागरिकमा निको हुने दर ८०.८५ प्रतिशत रहेको पनि बताएको छ ।बंगलादेशका अधिकारीहरुले पछिल्लो समयमा यहाँ कोभिड संक्रमितहरुको संख्या बढ्दै गएको बताएका छन् ।

अधिकारीहरुले यहाँका संक्रमितहरुको निको हुने दरमा पनि बृद्धि हुदै गएको पनि बताएका छन् । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्