जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट एकै दिन २६७ जनाको मृत्यु

जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट एकै दिन २६७ जनाको मृत्यु

जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा थप २६७ जनाको मृत्यु भएको छ ।

जर्मनीको रोबर्ट कोच इन्स्टिच्यूट (आरकेआई) का अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या पनि १४ हजार ४१९ ले वृद्धि भएको छ । योसँगै जर्मनीमा कूल संक्रमितको संख्या ८ लाख १५ हजार ७४६ पुगेको छ ।

जर्मनीमा कोभिड–१९ बाट संक्रमित व्यक्तिमध्ये १२ हजार ८१४ जनाको मृत्यु भइसकेको आरकेआईले जनाएको छ ।

कोभिड–१९ को संक्रमण दर पछिल्ला दिनमा बढ्दै गएपछि जर्मनीमा गत यही नोभेम्बरदेखि आंशिक लकडाउन गरिएको छ ।

सरकारले आगामी क्रिसमससम्म निजी जमघट समेतमा कडा प्रतिबन्धहरु घोषणा गरेको छ । सार्वजनिक स्थल, विद्यालय र कक्षाकोठामा मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम पनि बनाइएको छ । एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्