जर्मनीमा कोभिड १९ का संक्रमितको संख्या आठ लाखभन्दा बढी पुग्यो

जर्मनीमा कोभिड १९ का संक्रमितको संख्या आठ लाखभन्दा बढी पुग्यो

जर्मनीमा कोभिड १९का संक्रमितहरुको संख्या ८ लाख नाघेको बताइएको छ ।गएको २४ घन्टामा यहाँ १७ हजार ५८१ जना नयाँ संक्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका संक्रमितहरुको संख्या ८ लाख ३३ हजार ३०७ जना पुगेको बताइएको छ ।

यहाँ यस संक्रमणबाट कम्तीमा पनि १३ हजार ११९ जनाको मृत्यु भएको छ । जर्मनीका अधिकारीहरुले गएको २४ घन्टामा कम्तीमा पनि ३०५ जनाकोे ज्यान गएको बताएका छन् ।
जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितहरुको मृत्युको दर बढ्दै गएको बताएको छ ।

जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो । त्यसैले पनि यहाँ यस नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ ।तर यसको यहाँका नागरिकले विरोध गरिरहेका छन् । त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ । एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्