पाकिस्तानमा कोरोना भााइरसका संक्रमण बढ्दो

पाकिस्तानमा कोरोना भााइरसका संक्रमण बढ्दो

पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सो मन्त्रालयका अनुसार यहाँ एकै दिनमा गएको २४ घन्टायता २ हजार ९५४ जना संक्रमित भेटिएका हुन् ।यहाँ पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु झन् बढ्दै गएको देखिएको छ । प्राप्त समाचारअनुसार यहाँ यो संगै संक्रमितको संख्या ३ लाख ७९ हजार ८८३ जना पुगेको छ ।

यहाँ भाइरसको संक्रमणबाट ७ हजार ७४४ जनाको ज्यान गएको छ । हाल यहाँ ४० हजारभन्दा बढी सक्रिय संक्रमित रहेका बताइएको छ ।यहाँ पछिल्लो समयमा भाइरसको संक्रमण बढ्दै गएपछि कतिपय राज्यहरुमा सार्वजनिक काममा प्रतिबन्ध लगाइएको छ ।

यहाँ शुरुमा संक्रमण त्यति नरहेको र निको हुने दर पनि राम्रो रहेको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्