पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

<span class='c1'>पाकिस्तानका पूर्व प्रधानमन्त्री</span> <span class='c2'>जमालीको निधन</span>

पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ ।

उहाँलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा हृदयघात भएपछि उहाँलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ ।

जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री हुनुहुन्थ्यो ।

प्रधानमन्त्री इमरान खानले जमालीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गर्नु भएको छ ।

बलुच समुदायका जमालीले पूर्व राष्ट्रपति परवेज मुसरफको शासनकालमा प्रधानमन्त्रीका रुपमा सेवा गर्नु भएको थियो । तर सन् २००४ मा उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पाकिस्तानको प्रधानमन्त्रीमा शौकत अजिज नियुक्त हुनु भएको थियो । एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्