विराटनगर सहिद रंगशालामा फ्लड लाइट जडानका लागि गाडियो ‘हाई मास्ट’ (फोटो फिचर)

<span class='c1'>विराटनगर सहिद रंगशालामा फ्लड लाइट जडानका</span> <span class='c2'>लागि गाडियो ‘हाई मास्ट’ (फोटो फिचर)</span>

विराटनगर । सहिद रंगशाला विराटनगरलाई अन्तराष्ट्रियस्तरको फुटबल खेल मैदानको रुपमा विकास गर्न स्तरोन्नतीको काम सुरु गरिएको छ ।  प्रदेश राजधानी विराटनगरमा आवश्यक पर्ने खेलकुद संरचना तयार गर्नका लागि प्रदेश सरकारको लगानीमा फ्लड लाइट जडानका लागि आवश्यक संरचना तयार पार्ने काम सुरु गरिएको हो ।

रंगशालामा बिहीबारदेखि फ्लड लाइटका लागि ‘हाई मास्ट’ गाड्ने (ठड्याउने) कार्य थालिएको हो । सरकारकै लगाानीमा स्वदेशी निर्माण कम्पनिले पहिलो पटक विराटनगर रंगशालामा ‘हाई मास्ट’ को काम गरिरहेको छ । एक महिना भित्रैमा फ्लड लाइट सुविधासहितको मैदानको रुपमा रंगशालालाई प्रयोगमा ल्याउने योजना अनुसार बिहीबार औपचारिक रुपमा ‘हाई मास्ट’ गाड्न थालिएको हो ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक महिना भित्रैमा फ्लड लाइट जडान गरिसकेर मैदान स्तरोन्नतीको बाँकी काम अगाडी बढाउने बताउनुभयो । उहाँले कोरोना संक्रमणका कारण ठप्प भएको खेलकुद गतिविधिलाई सञ्चालनमा ल्याउनका लागि खेल संरचना तयारीको काम धमाधम दावी गर्नुभयो ।


रात्रीकालिन खेलकुद प्रतियोगिताका लागि रंगशालामा फ्लड लाइट जडानको काम सकिएसँगै रात्रीकालिन फुटबल प्रतियोगिता आयोजनाको बाटो खुल्नेछ । रंगशालामा फ्लड लाइट जडानका लागि आवश्यक सामाग्रीहरु भारतको कोलकाताबाट झिकाइएको छ । त्यसका लागि आवश्यक पर्ने जनशक्ति समेत भारतीय नै रहेका छन् ।
कार्की बन्धु अमर जेभिबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको पोल राखेर एउटा फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता गरिए अनुसार सहिद मैदानमा ३३ मिटर उचाईको हाई मास्ट गाडिएको हो । मैदानको चार सुरमा गाडीका चार वटा हाई मास्टमा १०८ वटा लाइट जडान गरिने छ । प्रत्येक बल्व एक हजार वाट क्षमताका रहने कार्की बन्धु अमर जेभिका प्रोपाईटर गणेश कार्कीले जानकारी दिनुभयो ।


प्रदेश सरकारको ४ करोड २९ लाख रुपिँया लगानीमा निर्माण सुरु गरिएको हो । मन्त्री घिमिरेले मैदानको सौन्दर्यकरण र दक्षिणतर्फको प्याराफिटको स्तरोन्नतीको काम आगामी वर्षको योजनामा समेटिने बताउनुभयो । उहाँले विराटनगर महानगरपालिका, प्रदेश सरकार र संघीय सरकार समेतको सहयोगमा देशकै नमूना खेलमैदानको रुपमा स्तरोन्नती गरिने दावी गर्नुभयो ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सहिद मैदानसँगै विराटनगर–१९ झापा बैजनाथपुरमा रहेको क्रिकेट रंगशाला निर्माणको काम समेत अगाडी बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले यसका लागि तीन तहका सरकारबीच विशेष समझदारी बनाएर साझेदारीमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्