जिल्ला क्रिकेट टिम छनौट जारी

जिल्ला क्रिकेट टिम छनौट जारी

विराटनगर । प्रधानमन्त्री राष्ट्रिय कप प्रतियोगिताका लागि मोरङ जिल्लाको क्रिकेट टिम छनौट गर्ने कार्य सुरु गरिएको छ । मोरङ जिल्ला क्रिकेट संघले मंसिर १७ गतेबाट टिमको छनोट सुरु गरेको हो । विराटनगर क्रिकेट क्लव तथा एकेडमीको मैदानमा भइरहेको छनौट मंसिर २१ गतेसम्म चल्नेजिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरेले बताए ।

कोभिड १९ को संक्रमणबीच आयोजना गरिएको छनौटमा समेत खेलाडीहरुको उल्लासपुर्ण सहभागीता रहेको प्रदेश १ का क्रिकेट प्रशिक्षक प्रदिप राज पाण्डेले बताए । होराइनज क्रिकेट क्लबका खेलाडी फ्रिदोज अन्सारीले पनि आँफुले सचेत हुँदै छनोटका लागि सहभागिता जनाएको बताए ।

त्यसैगरि उर्लावारीका आकाश खत्री पहिलो पटक छनोटका लागि आएको बताउछन् । उनी छनौटका क्रममा कोच र सिनियरहरुको मार्गदर्शनबाट उत्साहित भएको बिचार राख्छन् ।
छनौटका लागि मोरङको विराटनगर उर्लावारी, पथरी, विराटचोक, रंगेली लगाएतका ठाउँहरुबाट खेलाडीहरुले सहभागिता जनाएको प्रशिक्षक पाण्डेले बताए । मोरङबाट १८ देखि २२ जना खेलाडी छनोट गर्ने र खेलाडीलाई तालिम गराई प्रदेशको खेलमा सहभागिता गराउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्