इटहरीमा पाँचसय शैयाको अस्पताल निर्माण गरिने, जग्गा खोज्न मेयरको संयोजकत्वमा समिति

<span class='c1'>इटहरीमा पाँचसय शैयाको अस्पताल निर्माण गरिने,</span> <span class='c2'>जग्गा खोज्न मेयरको संयोजकत्वमा समिति</span>

इटहरी । इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवाला सबै पक्षको उपस्थितमा भएको वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो ।


समितिका सदस्यहरुमा उपमेयर लक्ष्मी गौतम, याम सुब्बा, इश्वर भटटराई, हेमकर्ण पौडेल, रोहित प्रसाँई, हेम घिमिरे, भीम पौडेल, धु्रव सुब्बा, मेदनी सिटौला र वजरंग अग्रवाल हुनुहुन्छ । श्री कृष्ण प्रणामी मन्दिर प्रतिष्ठान नेपालद्धारा प्रस्तावित पाँच सय शैयाको अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति वनाइएको हो । जग्गा खोजी समितिलाई आवश्यक सल्लाह सुझाव र परामर्शका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ ।

सल्लाहकार समितिमा संघीय सांसद सिताराम मेहता, प्रदेश नम्वर १ की उपसभामुख सरस्वती पोख्रेल र प्रदेश सांसदहरु सर्वध्वज साँवा, लिलम वस्नेत हुनुहुन्छ । हस्पिटल सम्भाब्यता अध्यन समितिका संयोजक हेम घिमिरेले वैठकमा हस्पिटलको अवधारणा पेश गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्