सेवा निवृत कार्कीलाई बिदाई तथा सम्मान

<span class='c1'>सेवा निवृत कार्कीलाई</span> <span class='c2'>बिदाई तथा सम्मान</span>

काठमाण्डौं । पौडीका नायब बरिष्ठ प्रशिक्षक इश्वर कार्कीलाई बिदाई तथा सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्मा अनवरत लामो समय सम्म कार्यरत रहि उमेरहदका कारण सेवा निवृत्त कार्कीलाई पौडी प्रशिक्षक परिवारका तर्फबाट बिदाई तथा सम्मान गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बि.क.ले एक कार्यक्रमका विच कार्कीलाई प्रशंसा पत्र प्रदान गर्दै बिदाई तथा सम्मान गरेका थिए । यस्तै कार्कीलाई पौडीपोखरीका प्रमुख एवं कार्यक्रमका सभापती टार्जन सुब्बाले अविर र राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्र राईले माला लगाएर बिदाई गरेका थिए । बिदाईका क्रममा बोल्दै प्रमुख अर्जून बि.क.ले कार्कीले पौडी खेलको बिकासमा गरेको योगदानको चर्चा गर्दै उमेरहदका कारण अनिवार्य अवकास भएता पनि कार्कीले खेल क्षेत्रलाई अझ सहयोग प्रदान गरिनै रहने र पौडी तथा खेल क्षेत्रको विकासमा अनवरत लागीनै रहने बिश्वास ब्यक्त गरे ।

नायब बरिष्ठ पौडी प्रशिक्षक कार्की उमेरहदका कारण आईतबार सेवानिवृत्त भएका हुन् । कार्कीलाई नायव बरिष्ठ पौडी प्रशिक्षक एवं पूर्व प्रमुख प्रशिक्षक वाङ्गदेन लामाले दोसल्ला ओढाएर सम्मान गरेका थिए । यस्तै प्रमुख प्रशिक्षक शंकर कार्की, प्रशिक्षक द्वय रत्न महर्जन र नयना शाक्यले मायाको चिनो प्रदान गर्दै तथा बासुदेव निरौलाले माला लगाई बिदाई तथा सम्मान गरेका थिए ।
कार्यक्रमममा तालिम तथा प्रशिक्षण विभाग, खेलकुद बिज्ञान प्रतिष्ठान, निर्देशक, उपनिर्देशक, विभन्न खेलका प्रमुख प्रशिक्षक, प्रशिक्षक र कर्मचारीहरुले कार्कीलाई अविर तथा खादा लगाई सम्मान गरेका थिए ।

भारतको नेताजी सुभाष चन्द्र बोस स्पोर्टसस् ईन्स्टिच्युटबाट १९९० मा स्पोर्टस्मा डिप्लोमा गरेका कार्की २०५० सालमा पौडी प्रशिक्षकको रुपमा राष्ट्रिय खेलकुद परिषद्मा प्रवेश गरेका थिए । २०६३ मा नायव बरिष्ठ पौडी प्रशिक्षकमा बढुवा भएका कार्की २०५७ देखि २०७१ सम्म पौडीका प्रमुख प्रशिक्षक रहेका थिए ।
२०३८ सालमा भएको प्रथम राष्ट्रिय खेलकुदमा पौडी खेलाडीको रुपमा खेल क्षेत्रमा प्रवेश गरेका कार्की १९८२ मा दिल्लीमा आयोजना भएको नवौं एशियाली खेलकुदमा खेलाडीका रुपमा सहभागी भएका थिए । यस्तै काठमाण्डौमा १९८४ मा आयोजना भएको प्रथम दक्षिण एशियाली खेलकुदमा ४ गुणा १०० मिटर मिड्ले रिलेमा कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।
८ औं र १३ औं दक्षिण एशियाली खेलकुदमा पौडीबाट नेपालका लागि स्वर्ण पदक दिलाउन कार्कीको ठुलो भूमिका रहेको छ । यस्तै नेपालमा उत्कृष्ट पौडी खेलाडी उत्पान गर्न कार्कीको निकै ठुलो योगदान रहेको छ । पौडी प्रशिक्षकका रुपमा विभिन्न देशको भ्रमण गरेका कार्कीले एशिया प्यासेफिक पौडी प्रतियोगितामा प्रशिक्षण प्रदान गरि नेपाललाई पदक दिलाउन सफल भएका थिए । उनले रियो ओलम्पिक –२०१६ मा प्रशिक्षकका रुपमा सहभागिता जनाउनुका साथै विभिन्न बिश्व पौडी प्रतियोगितामा प्रशिक्षकका रुपमा सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्