मिक्लाजुङमा प्रध्यानाध्यापक श्रेष्ठको हत्या

मिक्लाजुङमा प्रध्यानाध्यापक श्रेष्ठको हत्या

विराटनगर । मोरङको मिक्लाजुङ–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रध्यानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरिएको छ । मंगलबार बिहान ३–४ जनाको समूहले श्रेष्ठलाई घरबाट लगेर मिक्लाजुङ १ बर्खेको जंगलमा हत्या गरेका हुन् ।

मृतक श्रेष्ठको लास जंगलमा फेला परेको हो । उनलाई नेकपा विप्लवका कार्यकर्ताले घरबाट मंगलबार बिहान ६ बजेतिर लगेको प्रहरीले जनाएको छ । हामीलाई ९ बजेतिर खबर प्राप्त भयो, मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले भन्नुभयो–घटना भएको स्थानमा हालसम्म पनि प्रहरी पुगेको छैन ।

उर्लाबारी र टाँडीबाट हिडेको टोलि समेत भर्खरै रमितेमाा पुगेको प्रवक्ता थापाले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक थापासहितको टोलि समेत घटनास्थलतर्फ लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्