टि–२० बरियतामा सन्दीप एक स्थान माथि

<span class='c1'>टि–२० बरियतामा सन्दीप</span> <span class='c2'>एक स्थान माथि</span>

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिनुभएको छ ।

आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुग्नुभएको छ । उहाँले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पार्नुभएको छ । जडेजा ८१ औँ स्थानमा हुनुहुन्छ । यसअघिको बरियतामा लामिछाने ८१औँ स्थानमा हुनुहुन्थ्यो ।

चर्चित बलरहरु बेन स्टोक र कार्लोस ब्रेथवेट पनि नयाँ बरियतामा लामिछानेभन्दा पछाडि हुनुहुन्छ । नयाँ बरियातामा बे्रथवेट ८२ औँ स्थानमा तथा स्टोक ८५औँ स्थानमा रहनुभएको छ । लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपीएल) पछि कुनै पनि प्रतियोगिता खेल्नुभएको छैन । इन्डियन प्रिमियर लिग (आइपीएल) मा कुनै पनि खेल खेल्न नपाएका कारण लामिछानेको बरियतामा उल्लेख्य सुधार हुन नपाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्