विश्वकप विजेता फुटबलर पाओलो रोसीको निधन

विश्वकप विजेता फुटबलर पाओलो रोसीको निधन

विश्वकप फुटबल प्रतियोगितामा इटलीलाई विजेता बनाउन नेतृत्व गरेका खेलाडी पाउलो रोसीको निधन भएको छ ।

उहाँकी श्रीमती फेडेरिका कपेलेटीले ६४ बर्षको उमेरमा आफ्ना श्रीमान्को निधन भएको बिहीबार पुष्टि गर्नुभएको छ ।

उहाँले इटलीलाई सन् १९८२ मा भएको विश्वकपको उपाधि दिलाउनुभएको थियो । त्यसपछि उहाँ आफ्नै देशमा फुटवलको कमेन्टेटरका रुपमा क्रियाशिल हुनुभएको थियो ।

इटलीमा राज्यद्वारा सञ्चालित रेडियो र टेलिभिजनको संस्था आरएआइमा समेत काम गर्नुभएका रोसीलाई इटलीका विश्व प्रसिद्ध सफल खेलाडीका रुपमा चिन्ने गरिएको छ ।

उहाँको निधनपछि उहाँकी श्रीमतीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “तपाई जस्तो संसारमा अर्को कोही छैन, तपाई विषेश हुनुहुन्थ्यो, फरक हुनुहुन्थ्यो, तर अव तपाई नै नरहेपछि म पूर्ण शून्यतामा पुगेकी छु ।”

रोसीले स्पेनमा भएको विश्वकपमा ६ गोल गर्नुभएको थियो । ब्राजिलसँगको खेलमा ३–२ गोल गरेर इटलीलाई जिताउनु भएको थियो भने विश्वकपको फाइनलमा पश्चिमी जर्मनीविरुद्ध ३–१ गोलका साथ उपाधि दिलाउनुभएको थियो ।

सन् १९८२ मा नै उहाँ फिफा बर्ष खेलाडीका रुपमा पनि निर्वाचित हुनुभई विश्वकै सर्वप्रिय खेलाडीमध्ये एक बन्नु सफल हुनभएको थियो ।

उहाँको निधनमा शोक व्यक्त गर्दै इटलीको फुटबल महासंघले आधा झण्डा झुकाउने भएको छ । उहाँको निधनप्रति खेलाडी, सुभेच्छुक, उच्च पदस्थ व्यक्तिलगायतले शोक व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्