इटलीका गृहमन्त्री सङ्क्रमित भएको खबर ‘गलत’

<span class='c1'>इटलीका गृहमन्त्री सङ्क्रमित</span> <span class='c2'>भएको खबर ‘गलत’</span>

इटलीका गृहमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको भनिएकोमा अहिले आएर ‘गलत’ सावित भएको छ ।

यसै हप्ताको सुरुमा उहाँलाई कोरोना परीक्षण गर्दा सङ्क्रमण देखिएको भनिएकोमा त्यो सही नभएको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका हुन् ।

“उहाँलाई गत सोमबार लुकिना लमोर्गेसमा पिसिआर टेष्ट गर्दा कोरोनाभाइरसबाट सङ्क्रमण भएको देखाइएको थियो । तर अहिले त्यो विवरण गलत रहेछ भन्ने देखिएको छ,” सरकारी अधिकारीहरुले भनेका छन् ।

पहिलो परीक्षण सोमबार गरेपछि बुधबार र बिहीबार दुई दिन फेरी परीक्षण गर्दा भने सङ्क्रमण नदेखिएको हो ।

“सङ्क्रमण पुष्टि भएको तीन, चार दिनमा नै फेरी सङ्क्रमण नदेखिनुले उहाँलाई पहिला पनि सङ्क्रमण भएको थिए, विवरण मात्रै झुटो देखिएको हो भन्ने निश्कर्ष निकालिएको छ,” एक अधिकारीले भने ।

इटलीमा यसअघि क्षेत्रीय मामिला मन्त्री फ्रान्सेस्को बोकियालाई अक्टोबरमा कोरोनाभाइरसको सङ्क्रमण भएको थियो ।

कोरोनाभाइरसको महामारीबाट अत्यन्त धेरै प्रभावित भएको मुलुकमा पर्ने इटलीमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म ६२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुका अनुसार इटलीमा अहिलेसम्म झण्डै १८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्