नौ महिनापछि विराटनगरका विद्यालयमा विद्यार्थी, अभिभावक सचेत हुनुपर्ने महानगरको भनाई

<span class='c1'>नौ महिनापछि विराटनगरका विद्यालयमा विद्यार्थी,</span> <span class='c2'>अभिभावक सचेत हुनुपर्ने महानगरको भनाई</span>

विराटनगर । नौ महिनापछि विराटनगर महानगरपालिका क्षेत्रका विद्यालयमा अध्ययनका लागि विद्यार्थी उपस्थित भएका छन् । बिहीबारदेखि महानगर क्षेत्रका विद्यालयहरु सञ्चालननमा ल्याउने निर्णय गरिएसँगै विद्यार्थी विद्यालय पुगेका हुन् । कोरोना संक्रमण (कोभिड–१९) सँगै गत चैत ६ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै सञ्चालन ल्याउने महानगरपालिकाले गत मंसिर २१ गते निर्णय गरेको थियो ।

कोरोना संक्रमणको जोखिम कम हुँदै गएको दावी गरिएपनि आफ्ना सन्तानलाई विद्यालयमा पठाउन अझै पनि अभिभावक भने डराई रहेका छन् । निजी विद्यालयहरुले भौतिक र अनलाइन विधिमार्फत नै विद्यालय सञ्चालनमा ल्याउने योजना अगाडी सारेका छन् । अभिभावकको निर्णय अनुसार नै विद्यालय सञ्चालकहरुले विद्यार्थीलाई भौतिक उपस्थिति गराउनु पर्ने हुन्छ । तर, विद्यालयले बालबालिकाको सुरक्षाको लागि पूर्ण स्वास्थ्य मापदण्ड पालना हुनेगरिको व्यवस्थापन गर्नुपर्ने हुन्छ । विराटनगर क्षेत्रका विद्यालय सञ्चालनका लागि महानगरले विशेष स्वास्थ्य सर्तकता अपनाउन आग्रह गर्दै त्यसको कडाई पूर्वक नियमन समेत सुरु गरेको छ ।

महानगरपालिका शिक्षा महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडासहितको टोलिले बिहीबार विराटनगरका केहि निजी विद्यालयहरुको अनुगमन गरेको थियो । महानगर क्षेत्रका आठ विद्यालयको अनुगमन गरेर केहिलाई सुधार गर्न समेत निर्देशन दिइएको छ । विरााटनगरका निजी विद्यालयहरु बिकेभिएम, कान्तिपुर, लर्डबुद्ध, अर्किड पब्लिक, कोशी विद्या मन्दिर र जनपथ माध्यमिक विद्यालयको अनुगमन गरिएको थियो । त्यसमध्ये कान्तिपुर मा.वि.मा एउटै बेन्चमा तीनजना विद्यार्थी राखिएको भेटिएपछि सच्याउन निर्देशन गरिएको खतिवडा बताउनुभयो ।

महानगरले गत मंसिर २१ गते गरेको निर्णयका आधारमा बिहीबारदेखि विद्यालय सञ्चालन गर्ने भनेपनि त्यसका लागि पूर्व तयारी सबै विद्यालयले गरिसकेका छैनन् । निजी विद्यालयहरुले समेत अभिभावक भेला गराएर सहमति लिएको भने देखिएको छैन । विद्यालयहरुले अभिभावक भेला गराउने वा सहमति लिनुपर्ने कुरालाई अनलाइन वा जुममार्फत गरिएको सतहि जवाफ महानगरको अनुगमन टोलिलाई दिएका छन् ।

सामुदायिक विद्यालयले बिहीबारदेखि नै खोल्नुपर्ने विद्यालयहरुलाई तयारी नपुगेको भन्दै आइतबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेको शिक्षा महाशाखा प्रमुख खतिवडाले भन्नुभयो । खतिवडाले मन्त्रिपरिषद्बाबट पारित कोभिड–१९ सन्दर्भमा विद्यालय सम्बन्धी कार्य ढाँचा २०७७ को निर्देशिकालाई आधार बनाएर मात्रै विद्यालयहरु सञ्चालन गर्न सकिने गरि अनुमति दिइएको बताउनुभयो ।
पहिलो दिन विद्यालयहरुमा ५० प्रतिशतको हाराहारीमा मात्रै विद्यार्थीहरु उपस्थित भएको पाइएको छ । अनुगमनका क्रममा विद्यार्थीले मास्क लगाएको, विद्यालयले हातधुने पानी र साबुनको सुविधा उपलब्ध गराएको र शौचालयहरुको केहि स्तरउन्नती गरेको पाइएको थियो ।

मन्त्रालयगत रुपमा देखिएको दुविधापूर्ण निर्णयका कारण अभिभावकमा केहि डर देखिएको छ । शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन गर्न अनुमति दिएको भएपनि स्वास्थ्य मन्त्रालयले जोखिम कायमै रहेकोले तत्काल बालबालिकालाई विद्यालयमा उपस्थित गराउन नमिल्ने बताउँदै आएको छ । यस्तो भनाईहरुका कारण अभिभावकमा द्विविधा सिर्जना भएको विद्यालय सञ्चालकहरुको भनाई छ ।
अभिभावक संघ नेपाल मोरङका अध्यक्ष खगेन्द्र भट्टराईले राज्यले विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेपछि कुनै समस्या भएको अवस्थामा राज्य नै जिम्मेवारी हुनुपर्ने बताउनुभयो । उहाँले काठमाण्डौंमा विद्यालय खोल्ने निर्णय नगर्दै विराटनगर हतारिएकोले जोखिमको संभावना अधिक रहेको बताउनुभयो ।

 

यता ९ महिनापछि विद्यालयमा भौतिक रुपमा उपस्थित हुदै पढ्न पाउदा विद्यालयमा सहभागी विद्यार्थीहरु निकै नै उत्साहित देखिएका छन् । कोरोना माहामारीको कारण स्कुल बन्द भएपछि कतिपय विद्यालयहरुले अनलाईन कक्षा संचालन गरेका थिए । तर अनलाईन कक्षाबाट विद्याथीहरुको उपस्थिति निकै न्युन देखिन्थ्यो । अनलाईनबाट खासै प्रभावकारी नभएपछि अहिले स्वास्थ्य मापदण्ड लगायतका सामाग्री प्रयोग गर्दै प्रत्यक्ष रुपमा कक्षा संचालन हुन थालेका छन् । ९ महिना सम्म बन्द भएको विद्यालयमा शिक्षक शिक्षीका र साथीहरुसँग भेटेरसँगै पढ्न पाउदा धेरै नै खुशी लागेको जेसिबाल सदन स्कुल कक्षा ७ मा अध्ययनरत विद्यार्थी सज्जा न्यौपानेले बताउनुभयो ।

महानगरका शिक्षा महाशाखा प्रमुख खतिवडाले कक्षा सञ्चालनमा दुवै विधि प्रयोगमा ल्याउनका लागि विद्यालयहरुलाई भनिएको बताउनुभयो । महानगरका निजी विद्यालयले अनलाइन र भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरिरहेका भएपनि सामुदायिक विद्यालयहरुले आइतबारदेखि मात्रै कक्षा सञ्चालन गर्ने तयारी गरिरहेका हुन् । अभिभावकले विद्यालयलाई झक्झक्याउनु पर्दछ, खतिवडाले भन्नुभयो–आफ्ना सन्तान पढ्न पठाउने विद्यालयको वातावरण नियाल्न आवश्यक छ । दैनिक विद्यालयको अवस्था अभिभावकले नियाल्दा मात्रै संक्रमणको जोखिम कम हुने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्