प्रदेश खेलकुद परिषद् चाँडै : मुख्यमन्त्री राई

प्रदेश खेलकुद परिषद् चाँडै : मुख्यमन्त्री राई

विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रदेश खेलकुद परिषद्को गठन चाँडै गरिने बताउनु भएको छ । आईटीएफ तेक्वाण्डो संघ प्रदेश १ द्वारा विराटनगरमा शुक्रबारदेखि सुरु प्राविधिक सेमिनारको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले खेलकुद परिषद् चाँडै गठन गरिने बताउनु भएको हो ।

उहाँले खेलक्षेत्रलाई व्यवस्थित गर्नका लागि सरकारले कानुनी प्रक्रिया पूरा गरेको बताउँदै प्रदेशभर खेलमय गतिविधि बढाउनका लागि परिषद्को गठन चाँडै गरिने बताउनु भएको थियो । उहाँले प्रदेशलाई खेलाडी उत्पादन गर्ने कारखानाको रुपमा स्थापित गराउनका लागि प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको बताउनुभयो ।

यो वर्ष कोरोना महामारीको जोखिमले हाम्रा कार्यक्रम निस्तेज भए,मुख्यमन्त्री राईले भन्नुभयो–खेलकुद गतिविधि नभएपनि संरचना निर्माणको काम भईरहेको छ । उहाँले विराटनगरको शहीद मैदानमा रात्रीकालिन खेल सञ्चालनका लागि फ्लडलाइट जडानदेखि एक पालिका एक खेलमैदान निर्माणको काम अहिले पनि जारी रहेको बताउनुभयो ।

उहाँले समृद्धिको यात्रामा रहेको देशलाई कोरोनाले पारेको अवसरबाट उकास्न आम नागरिक र सबै क्षेत्र एकिकृत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कोरोनाको जोखिमसँग सुरक्षित हुँदै दैनिक गतिविधि बढाउन आवश्यक रहेको बताउनु भएको हो ।
प्रत्येक क्षेत्रमा आवद्ध नागरिक सावधानीपूर्वक क्रियाशिल हुँदै राष्ट्रलाई अगाडी बढाउनु पर्ने तत्कालको आवश्यकता छ, मुख्यमन्त्री राईले भन्नुभयो–कोरोना संक्रमण जोखिम अन्त्यका लागि संसार नै लागि परेको छ, हामीले पनि धैर्य गरिरहेका छौं ।

कार्यक्रममा संविधानसभा सदस्य एवं आईटीएफ तेक्वान्डो मोरङका संस्थापक संरक्षक ऋषिकेष पोखरेलले अनुशासन, प्रतिभा प्रस्फुटन र राष्ट्रहितप्रति समर्पण खेलाडीको विकासमा सरकारले सोच्नुपर्नेमा जोड दिनुभयो । उहाँले खेलक्षेत्रलाई व्यवसायीकरण गर्ने प्रक्रियाको सुरुवात मात्रै भएकोले भविष्य सुन्दर रहेको बताउनुभयो ।

दुईदिने प्राविधिक सेमिनारमा प्रदेश १ बाट १३५ जना खेलाडीहरु सहभागी गराइएको कार्यक्रमका संयोजक एवं आईटीएफ तेक्वान्डो प्रदेश सदस्य जीतेन थापाले जानकारी दिनुभयो । सेमिनारमा आधारभूत सैद्धान्तिक तथा व्यवहारिक र अभ्यासगत प्रशिक्षण हुने थापाले बताउनुभयो ।
सेमिनार उद्घाटनको अवसरमा आईटीएफका प्रदेश १ अध्यक्ष प्रविन कार्कीसहित खेलाडीहरुले डेमोस्ट्रेशन प्रस्तुत गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्