ओलीको प्रस्ताव गैरसंवैधानिक : पूर्व मन्त्री पण्डित

ओलीको प्रस्ताव गैरसंवैधानिक : पूर्व मन्त्री पण्डित

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनका लागि गरेको सिफारिस गैरसंवैधानिक रहेको नेकपा नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले दिनु भएको छ । आवर विराटनगरसंँग कुरा गर्दै नेता पण्डितले आइतबार ओलीले मन्त्रिपरिषद् बैठकबाट संसद बिघटनको सिफारिस गर्नु गैरसंवैधानिक भएको बताउनु भएको हो ।

्अहिलेको कोभिड महामारीको बेला यस्तो कदम गैरजिम्मेवारीपूर्ण भएको बताउँदै पूर्वमन्त्री समेत रहनु भएका पण्डितले राष्ट्रपतिले प्रस्तावलाई अनुमोदन गर्न नहुने धारणा राख्नुभयो । संविधानमा यस कदमको लागि ठाउँ छैन, पण्डितले भन्नुभयो–जनमतको अपमान गर्ने काम प्रधानमन्त्रीबाट भयो । यसको सर्वत्र विरोध आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्