प्रधानमन्त्री ओलीले संबैधानिक ‘कू’ गरे : डा. शेखर कोईराला

प्रधानमन्त्री ओलीले संबैधानिक ‘कू’ गरे : डा. शेखर कोईराला

विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री ओलीले संबैधानिक ‘कू’ गरेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन मोरंगले आज (आईतबार) विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा काग्रेस कन्द्रीय सदस्य समेत रहेका कोईरालाले संसद विघटनको प्रस्ताव र्फिता लिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

 

ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरे लगत्तै कोइरालाले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको बताउनु भएको हो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दल र कानुनविद्सँग छलफल गरेर संसद् विघटनको सिफारिस फिर्ता गर्नुपर्ने उहाँको भनाई छ । उहाँले यो कदम असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेसले यसको विरोध गर्नेसमेत बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्