भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५५ लाख बढी

भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५५ लाख बढी

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्म एक करोड ५५ लाख भन्दा बढी भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ३३७ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ५५ लाख ५६० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण ३३३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार ८१० जना पुगेको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा एक हजार २७५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको र २६ जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा ९६ लाख ६ हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा तीन लाख ३६ हजार सक्रिय संक्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड २० लाख ९८ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताउनु भएको छ । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्