विराटनगर । आइटीएफ तेक्वाण्डोको ग्रेडिङ्ग सम्पन्न भएको छ । विराटनगरमा तेक्वाण्डोको ग्रडिङ्ग सम्पन्न भएको हो । गे्रडिङ्गमा खेलाडीहरूलाई ब्लयाक बेल्ट, सेकेन्ट डन र थर्ड डनको ग्रेडिङ्ग दिएको आइटीएफका प्रदेश सदस्य जीतेन थापाले जानकारी दिनुभयो । प्रदेश १ को झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुर, धनकुटा र इलामका ४१ जना तेक्वाण्डोका खेलाडीहरूको सहभागिता रहेको थियो ।
तेक्वाण्डाको गे्रडिङ्गमा आइटीएफका केन्द्रीय अध्यक्ष अन्जन धमला, आइटीएफ केन्द्रीय सदस्य तथा ब्लाकबेल्ट समितिको अध्यक्ष घमबहादुर थापा मगर, केन्द्रीय सदस्यहरू मनोज खड्का, चुर्तरलाल चौधरी, प्रदेशका उपाध्यक्ष राजेन्द्र धिमालको सहभागिता रहेको थियो ।
यस अघि विराटनगरमा १ नम्बर प्रदेश स्तरीय तेक्वाण्डोको टेक्निकल सेमिनर कोर्ष शनिबार सम्पन्न भएको थियो । दुई दिनसम्म संचालन भएको उक्त सेमिनरमा १ सय ३५ जना तेक्वाण्डोका खेलाडीहरूको सहभागिता रहेको थियो ।