मिटर ब्याजी मन्टुको खेलामेला : सातवर्षमा ६० कित्ता जग्गा र ५० करोड सर्वसाधारणबाट असुली

<span class='c1'>मिटर ब्याजी मन्टुको खेलामेला : सातवर्षमा ६०</span> <span class='c2'>कित्ता जग्गा र ५० करोड सर्वसाधारणबाट असुली</span>

विराटनगर । पछिल्लो सातवर्षमा विराटनगर–९ घोघापुलका मन्टु भनिने सञ्जय रौनियारले अदालतमा मात्रै तीनसय जना सर्वसाधारण विरुद्ध लेनदेनको मुद्दा लगाईसकेको पीडितले दावी गरेका छन् । दशवर्ष यता धनपालथान, जहदा, रंगेली, सुनवर्षी र विराटनगरका अतिविपन्न विरुद्ध उनले लगानी गरेको ऋण असुल्न अदालतको सहारा लिने गरेका हुन् । कानुनी ढंगले लगानी गरेको ऋण भए मन्टुले अदालतको ढोका ढक्ढक्याउनु सहि ठहर्ने भएपनि सर्वसाधारणलाई परिबन्दमा पारेर गरिएको हर्कतले अदालतप्रतिको विश्वास भंग गराउने समेत दुस्प्रयास भएको देखिन्छ । मन्टुले गैरकानुनी मिटरब्याज लगानीमा सर्वसाधारणलाई छाँया बैकिङ कारोबार गरेर बैकिङ कसुरसँग सम्बन्धित अपराध समेत गरेको ठहर्नसक्ने सम्बन्धित क्षेत्रका जानकारहरुको दावी छ । ।

जिल्ला प्रहरी कार्यालय मोरङले गत मंसिर २९ गते मन्टुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पीडितले सम्पति सुद्धिकरण विभागमा दिएको उजुरीमा भने पछिल्लो दशवर्षमा मात्रै सर्वसाधारणको नामबाट ४० कित्ता जग्गा आफ्नो नाममा र २० कित्ता जग्गा श्रीमती ज्योती रौनियारको नाममा रजिस्ट्रेशन पास गराएको उल्लेख गरेका छन् । सर्वसाधारणलाई ऋण लगानी गरेकै दिन कपाली र तमसुकमा सहिछाप गराएर सयकडा ५ का दरले रौनियारले ब्याज असुल्ने करारनामा गराउने गरिएको प्रहरीले समेत प्रमाण फेला पारेको छ । जसका आधारमा साँवाको पाँच गुणासम्म ब्याज भुक्तानी गरिसक्दा समेत ऋण निफन्न नसक्नेहरुबाट जग्गा नामसारी गराउने गरिएको पाइएको हो ।

ब्याजको स्याज असुल्ने मन्टुले ५० करोड बढी रकम सर्वसाधरणबाट असुलेर भारतमा रहेका ससुरालीमा पु¥याएको खुलकोे हो । गाउँका सर्वसाधारणलाई टाट पल्टाएपछि अति पीडा बोकेर रौनियार विरुद्ध सर्वसाधारणले मंसिर ६ गते नै सम्पती शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेका थिए । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले मन्टु विरुद्ध परेको उजुरीको अनुसन्धान समेत थालेको छ । गैरकानुनी मिटरब्याज लगानीबाट सर्वसाधारण ठगेको पाइएपछि विभागले ४५ वर्षीय रौनियारको सम्पत्ति छानविन थालेको हो ।

विभागमा उजुरी दिएका सर्वसाधारणले प्रहरीमा मंसिर २९ गते उजुरी दिएका हुन् । प्रहरीले ठगिमा मुद्दा चलाउने आधार समेत फेला पार्न नसक्ने बठ्याँई गरेर मन्टुले सर्वसाधारणलाई ऋण लगानी गर्ने गर्दथे । विभागमा दर्ता भएको २१३१ नम्बरको उजुरीमा रौनियारले अदालतमा सर्वसाधारणविरुद्ध तीन सयवटा लेनदेन मुद्दा दायर गरेको, मिटर ब्याजबापत करिब ५० करोड रुपैयाँ असुल गरेको र पछिल्लो सातवर्षमा ६० कित्ता जग्गा आफ्नो र श्रीमतीको नाममा पास गराएको उल्लेख गरिएको छ । मन्टुले सर्वसाधारणबाट जर्बरजस्ती असुलेको रकम भारत मुजफ्फरपुरस्थित ससुरालीमा पु¥याएर लुकाएको पीडितले उल्लेख गरेका छन् ।

मन्टुलाई प्रहरीले नियन्त्रणमा लिए लगतै घरमा छापा मार्दा असंख्यक काजगपत्र, तमसुक र कपाली बरामद गरेको सर्वसाधारणको दावी छ । तर, प्रहरीले बरामद गरेको कागजातमा कानुनी बठ्याँई अपनाएको देखिएपछि ठगि विरुद्धको मुद्दा चलाउन असजिलो बन्दै आएको छ । त्यस बाहेक घरमा १० केजी भन्दा धेरै सुन, ५० केजी चाँदी रहेको सर्वसाधारणले उजुरीमा उल्लेख गरेका छन् ।

मन्टु विरुद्ध मोरङ धनपालथान गाउँपालिका १ का ३१ वर्षीय मञ्जर हुुसेन, २८ वर्षीय नुरूल मियाँ र सुनवर्षी नगरपालिका ४ का २८ वर्षिय अमित कुमार यादवले सम्पति सुद्धिकरण विभागमा उजुरी दिएका हुन् । सम्पती सुद्धिकरण निवारण ऐन २०६४ को दफा १३ बमोजिम लिखित उजुरी दर्ता गराएका पीडितले मोरङ प्रहरीमा समेत जाहेरी दिएका थिए । मोरङ प्रहरीले अनुसन्धान गरिरहेका मन्टुले दुई लाख ऋण लगानी गरेर ३६ लाख रुपैँयासम्म असुली गरेको पाइएको छ । ऋण लगानी गरेर ब्याजको स्याज असुल्नका लागि एजेन्ट परिचालन गर्ने गरेका थिए । तिनै एजेन्टले आफैं प्रहरी भएको भन्दै सर्वसाधारणलाई दवाव दिने गरेको पीडितको भनाई छ ।

सयौं मान्छेलाई ‘मिटर ब्याज’ लगानी गरी पाँचौं गुणा ब्याजअसुल्ने सर्लाहीका ‘मिटरब्याजी’ ‘परदेशी’ भनिने श्यामकृष्ण साहलाई प्रहरीले दुई वर्षअघि पक्राउ गरेको थियो।सर्लाही मलंगवा नगरपालिका–१० घर भएका साहले ‘चक्रवर्ती’ ब्याजमा लगानी गरेर सर्वसाधारणलाई ठगेको आरोप लागेको थियो। साहले मिटर ब्याज लगानी गरेर सहीछाप गरी अदालतमा समेत मुद्दा दर्ता गरेर पीडितबाट नगद, सरसामान तथा सुनचाँदी जफत गर्दै आएका थिए।

रौनियारको शैली पनि परदेशीको जस्तै छ। जग्गा फिर्ता माग्न जाँदा उल्टै अदालतमा मुद्दा हालेर सर्वसाधारणबाट असुल गर्ने गरेका छन्। रौनियारले दिएका सर्वसाधारणविरूद्ध मोरङ जिल्ला अदालतमा ५० वटा मुद्दा अझै विचाराधीन छन्। यसमा रौनियारले १० करोड रुपैयाँ सर्वसाधारणले तिर्नुपर्ने दाबी गरेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्