तराईमा घुर ताप्ने चलन : अकाल मै लिन्छ ज्यान, जनचेता बढाउन आवश्यक

तराईमा घुर ताप्ने चलन : अकाल मै लिन्छ ज्यान, जनचेता बढाउन आवश्यक

प्रेम देवान
विराटनगर । जाडोको समयमा त्यो पनि विशेष गरी तराईमा बालिने घुर कसैको लागी ज्यान जोगाउने एउटा उपाय बन्ला तर त्यति कै मात्रामा यो कसैको लागी चुनौति र जोखिम पनि छ ।
हो, त्यस्तै एउटा दुखद् घटना भएको छ विराटनगर १४ र १८ को सिमामा पर्ने झटियायीमा । दैनिकी ज्यालादारीमा काम गरेर ४ जनाको परिवार पाल्दै आएका राजेश कुमार दास तत्माको परिवारमा एउटा दुखद् घटना घटेको हो ।

विराटनगरमा केहीदिन यता अत्याधिक बढेको चिसोबाट बच्नको लागी बालिएको घुरका कारण घरमा आगलागी हुदाँ राजेशकुमार दासले आफ्ना एक १३ बर्षीय छोरा गुमाउन परेको । गत आईबार राती १२ बजेको समयमा घरमा आगलागी हुदाँ एक छोरा गुमाउन पुगेका छन् भने उनका श्रीमती र छोरा आगोले जलेर घाईते भएका हुन् ।
घरमा बालिएको घुर राती निभाउन बिर्सदाँ आगलागी हुन पुगेको स्थानीयबासीको भनाई छ । रातको समयमा आगलागी भएको कारण आगोमा जलेर मृत्यु भएका बालकलाई बचाउन नसकिएको स्थानीयबासी बताउँछन् ।

घटनापछि त्यहाँ पुगेका ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाका अनुसार मध्यरात साढे १२ आगलागी भएको देखिन्छ । जाडोमा ताप्नको लागी बालिएको घुरका कारण घरमा आगलागी भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
आगलागीमा जलेर राजेशका १३ बर्षीय छोरा रविन दासको घटना स्थलमा ज्यान गएको छ भने, राजेससहित उनकी श्रीमती ३२ बर्षीया ईन्दुदेवी दास र ७ बर्षीय छोरा किशन कुमार दास घाईते भएका छन् । ईन्दुमायाको हातको पाखुरा र पछाडीपटीको ढाडमा आगोले डढेको छ भने राजेश र कान्छा छोराको अनुहारमा आगोले पोलेर गम्भिर चोट लागेको छ ।

राजेशकुमार राजमिस्त्रीको काम गर्छन् । दैनिकी ज्यालादारीमा काम गर्दै आएका राजेसका परिवार मुलबाटोको सडक छेउमा जस्तापाता लगाएर पुसको घरमा बस्दै आएका थिए । राती अचानक आगलागी हुनसाथ कान्छो छोरा र छोरीलाई उठाएर बाहिर लगेपनि जेठा छोरालाई बचाउन नसकेको राजेसले सुनाए । आगलागीबाट खाद्यान्य, लत्तापकडा र नगद पनि जलेर नष्ट भएका थियो । बाँकी रहेका चौपाय पनि घाईते अवस्थामा छन् ।

दैनिकी ज्यालादारीमा काम गर्दै आएका राजेशको परिवारमा भएका सबै लत्ताकपडा र खाद्यन्न जलेर नष्ट भएपछि तत्काल स्थानीय काङग्रेस नेता राजेश गुप्ताले व्यक्तिगत रुपमा ११ हजार नगद आर्थिक रकम सहयोग गरेका थिए ।

 

यसैबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि घटना स्थलमा पुगेर खाने र बस्नेको प्रवन्ध मिलाएका थिए । राजेसको आर्थिक अवस्था दयनिय भएको भेटिएपछि मेयर भीम पराजुलीले पनि व्यत्तिगत रुपमा १० हजार नगद सहयोग गरेका थिए । घटनास्थलमा संघीय सांसद शिवकुमार मण्डल, नेकपा नेता भोगेन्द्र यादव विराटनगर महानगरपालिका वडा नम्बर १४ वडा अध्यक्ष समेतको टोलीले आगलागी पीडित पविारलाई भेटेर सहयोग गर्ने आश्वासन दिएका थिए ।

घुर बालेपछि निभाउने अभियानमा स्थानीयवासी

खास गरी तराईमा घुर बालेर ताप्ने पुस्तौदेखीको चलन नै भएको विराटनगर–१४ का वडा अध्यक्ष बलदेव यादव बताउँछन् । घुर तापेर निभाउन बिर्सने समस्याका कारण यस्ता खालका घटना बढ्ने गरेको यादवको भनाई छ । अब यस्तो खालको घटना हुन् नदिन वडा कार्यालय र स्थानीय युवाहरु मिलेर आगलागी हुनबाट बच्न र घुर बालिसकेपछि निभाउने अभियान चलाउने यादवको भनाई छ ।
मधेशी समुदायमा घुर ताप्ने चलि आएको चलन भएपनि तापीसकेपछि निभाउनुपर्छ भन्ने अभियान चलाउनु पर्ने देखिएको सामाजिक युवा अभियन्ता जगरनाथ रायको भनाई छ ।

तराई मधेसमा न्यानो कपडाको अभावमा चिसोले कठ्यांग्रिएर बर्सेनि गरीब, विपन्न, सिमान्तकृत समुदायका मानिसको मृत्यु हुने गरेको छ । गरिबीका कारण चिसोबाट बच्न न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने ज्ञान नहुँदा बर्सेनी सर्वसाधारणले ज्यान गुमाउनु परेको छ । यसका लागी राज्यका आ–आफ्नो तहबाट नागरिकको जीउज्यानको सुरक्षा हुने कार्यक्रम ल्याउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्