२४ घण्टामा ९ सय ५२ जना कोरोना सङ्क्रमणमुक्त

२४ घण्टामा ९ सय ५२ जना कोरोना सङ्क्रमणमुक्त

पछिल्लो २४ घण्टामा ९५२ कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ४६ हजार ६६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ५५९ मा कोरोना परीक्षण गर्दा थप ७४३ मा कोरोना पुष्टि भएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ८०३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्