प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट छनौटमा मोरङ विजयी

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट छनौटमा मोरङ विजयी

विराटनगर । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने प्रदेश नम्बर एकको टिम छनोटका लागि जारी प्रदेश नम्बर १ स्तरिय क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला विजयी भएको छ। केहि साता पछि काठमान्डौमा हुने खेलमा सहभागी हुन प्रादेशिक छनौटको बिहीबार सम्पन्न फाईनल खेलमा सुनसरीलाई १६४ रनको विशाल अन्तरले पराजित गर्दै मोरङ विजयी भएको हो ।

टस जितेर पहिला ब्याटिङमा गरेको मोरङले रवि रायको ९३, मुकुन्द यादवको ८० र मनिस थापाको ६७ रनको मद्दतले २९४ रनको चुनौती पस्केको थियो । २९५ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङमा उत्रिएको सुनसरी दिपेश कडेलको कसिलो बलिङका कारण ३६ ओभरमा १३१ रनमा अलआउट भयो।

मोरङका लागि दिपेश कडेलले ८ ओभरमा मात्र १४ रन दिएर महत्वपुर्ण ४ विकेट हात पारेका थिए । सुनसरीका लागि राकेश सोनी र कप्तान सरोज बस्नेतले मात्र उल्लेख्य रन जोड्न सके।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्