भारतमा कोभिड–१९ बाट एक लाख ४७ हजारको मृत्यु

<span class='c1'>भारतमा कोभिड–१९ बाट एक</span> <span class='c2'>लाख ४७ हजारको मृत्यु</span>

भारतमा कोभिड–१९ बाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भेटिएका छन् ।

भारतमा हालसम्म एक करोड दुई लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् जसमध्ये ९७ लाख १८ हजार व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भइसकेका छन् ।

यसैबीच, भारतमा कोभिड–१९ को परीक्षणको कार्यलाई थप विस्तार गरिने भारत सरकारले बताएको छ । हालसम्म १६ करोड नमूना परीक्षण भइसकेको छ ।

भारतीय राज्य दिल्लीमा पछिल्लो २४ घण्टामा एक हजार नयाँ संक्रमित भेटिएका र ३७ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । दिल्लीमा हालसम्म १० हजार ३८४ जनाको मृत्यु भइसकेको छ । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्