पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता लहानमा

पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता लहानमा

दशाँैं संस्करणको पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता लहानमा हुने भएको छ । यही पुस २९ देखि आगामी माघ ३ सम्म गोलबजारमा हुने प्रतियोगितामा पुरुष र महिला एकल, पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यू–१७ एकल तथा ४५ वर्ष उमेरभन्दा बढीको भेट्रान्स युगल विधामा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा नेपाल ब्याडमिन्टन सङ्घमा आबद्ध ४७ जिल्लाका खेलाडी तथा विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबका गरी झण्डै दुई सय खेलाडीको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा क्वाटरफाइनलमा विजयी हुने खेलाडीले जनही रु आठ हजार, सेमिफाइनलमा विजयी हुनेले रु १६ हजार तथा विजेताले रु २० हजार पुरस्कार प्राप्त गर्ने छन् । पुरुष र महिला एकल, युगल तथा भेट्रान्स युगलका विजेताले रु २० हजार, उपविजेताले रु १० हजार तथा सेमिफाइनलमा पुग्ने खेलाडीले जनही रु पाँच हजार पुरस्कार प्राप्त गर्ने सङ्घले जनाएको छ ।
यस्तै छात्रछात्रातर्फ यू–१७ का विजेताले रु १५ हजार, उपविजेताले रु आठ हजार तथा सेमिफाइनलमा प्रवेश गर्नेले रु चार हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता ब्याडमिन्टन सङ्घ र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्