भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजार नाघ्यो

भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजार नाघ्यो

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड ३ लाख ५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १९ हजार ७९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजार ७८८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार बिहान बताएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २२४ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४८ हजार २१८ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९९ लाख ६ हजार ३८७ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ५० हजार १८३ सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार ५८५ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ५१ जनाको मृत्यु भएको थियो ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ३९ लाख ४१ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप तयारको कार्य भइरहेको बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्