भारतको उत्तर प्रदेशमा दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ को मृत्यु

<span class='c1'>भारतको उत्तर प्रदेशमा दाहसंस्कारस्थलको छाना</span> <span class='c2'>खस्दा कम्तीमा १७ को मृत्यु</span>

भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनामा कम्तीमा ३८ जना घाइते भएका बताइएको छ । घटना लगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ ।

मेरठका विभागीय आयुक्त सी मेश्रामले भन्नुभयो, “हालसम्म १७ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका छन् ।” घाइते सबैको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।

“हामीले घटनाबारे अनुसन्धान सुरु गरिसकेका छौँ । अनुसन्धानबाट दोषी ठहरिएका व्यक्ति वा संस्थालाई कडा कारबाही गर्नेछौं,“सी मेश्रामले पत्रकारसँग भन्नुभयो । यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्रीले घटनाबारे जानकारी लिनुभएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भन्नुभयो, “दुखद् घटना भएको छ । मैले जिल्ला अधिकारीहरूलाई राहत अभियान सञ्चालन गर्न निर्देशन दिएको छु ।”

“घटनाबाट प्रभावित सबैलाई सम्भावित सबै सहयोग प्रदान गरिनेछ,” उहाँले थप्नुभयो ।

केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले उक्त घटनामा मृतकको परिवारप्रति शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

“गाजियाबादको मुरादनगरमा दाहसंस्कारस्थलको कौसी ढल्दा धेरै व्यक्तिको मृत्यु भएको समाचारले मलाई स्तब्ध बनाएको छ । शोकको यस घडीमा म मृतकका परिवारजनमा शोक व्यक्त गर्दछु साथै दुर्घटनामा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,” रक्षामन्त्रीको ट्वीटमा लेखिएको छ।

घटनास्थलमा उपस्थित व्यक्तिका अनुसार पीडितहरू आफ्नो आफन्तको अन्तिम संस्कारमा सहभागिता जनाउन गएका समय दाहसंस्कारस्थलको कौसी भत्किएपछि छानो खसेको थियो । मृतकमध्ये अधिकांश व्यक्तिहरू घटनास्थलमा नै मृत भेटिएका थिए भने केहीको अस्पतालमा पुगेपछिउपचारका क्रममा मृत्यु भएको थियो ।

भाजपा सांसद वीके सिंह, विधायक अजीत पाल त्यागी, उत्तर प्रदेश मंत्री अतुल गर्गलगायतका नेता पनि घटनास्थल पुग्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्