प्रधानमन्त्री कप पुरुष एकदिवसिय क्रिकेटका लागि प्रदेश १ को टिम घोषणा

<span class='c1'>प्रधानमन्त्री कप पुरुष एकदिवसिय क्रिकेटका लागि</span> <span class='c2'>प्रदेश १ को टिम घोषणा</span>

विराटनगर । प्रधानमन्त्री कप पुरुष एकदिवसिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश १ को टिम सार्वजनिक गरिएको छ। माघ २ बाट काठमान्डौमा सुरु हुने प्रतियोगिताका लागि २२ जना खेलाडी संलग्न टिम घोषणा गरिएको हो।

प्रारम्भिक टिममा परेकाहरुलई तीनदिन बन्द प्रशिक्षण पश्चात अन्तिम १४ खेलाडीको छनोट गरिने छ। एपिएफ क्लब , कर्णाली प्रदेश ,गण्डकी प्रदेश तथा नेपाल आर्मी क्लबसॅंगै समुह ‘क’ मा रहेको प्रदेश १ को पहिलो खेल माघ ३ गते एपिएफ क्लब विरुद्ध हुनेछ ।

प्रारम्भिक छनौटमा पर्ने २२ खेलाडीहरुमा सिद्धान्त लोहनी, फिर्दोस अन्सारी, दिपेश कडेंल, दिपक पासवान, शिवशंकर उराउ, मनिस थापा, राजन मगर, श्रवण यादव, अनिश श्रेष्ठ, मनोज तामाङ, ज्ञानेन्द्र श्रेष्ठ, प्रवेश कामती, नित्य कोडोरिया, सुजन थपलिया छन् । यसैगरी जोसेक खड्का, राकेश सोनी, सोनु मण्डल, सरोज बस्नेत, गौरब कटवाल, विवेक मेहता, हेमन राई र प्रज्वल खत्रीसमेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्