गिरिजा प्रसाद कोइराला स्मृति कपमा जहदा र बलियो युवा क्लब विजयी

गिरिजा प्रसाद कोइराला स्मृति कपमा जहदा र बलियो युवा क्लब विजयी

जारी "गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता"मा आज भएको दुई खेलमा जहदा आदर्श युवा क्लब र बलियो युवा क्लब बिजयी भएका छन् ।

आजको पहिलो खेल जहदा आदर्श युवा क्लब र दादरबैरिया युवा क्लबका बिच भएको थियो । खेलमा ४-० गोलको अग्रतामा आदर्श युवा क्लब बिजयी भएको थियो । यस खेलमा दुई गोल गर्ने रमेश मुर्मु म्यान अफ दि म्याच घोषित भए ।

यसै गरि सिर्सिया युवा क्लब बिच भएको दोश्रो खेलको अवधी भर कुनै गोल हुन नसकेपछि पेनाल्टिमा पुगेको खेलमा बलियो युवा क्लबले ३-२ गोलको अग्रतामा जित हासिल गर्यो ।

प्रतियोगिता अन्तरगत भोली लक्ष्मणीय युवा क्लब र विरपुर युवा क्लबको बिचमा खेल हुनेछ । प्रतियोगिता लोयल युथ कम्युनिटि र जिपि फाउन्डेसनको संयुक्त आयोजनामा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्