गिरिजा प्रसाद कोइराला स्मृति कपको अन्तिम क्वार्टर फाइनलमा मिलन चौक बिजयी

गिरिजा प्रसाद कोइराला स्मृति कपको अन्तिम क्वार्टर फाइनलमा मिलन चौक बिजयी

जारी "गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता"को अन्तिम क्वार्टर फाइनल खेल सम्पन्न भएको छ ।

जयरामपुर युवा क्लब विरुद्ध मिलन चौक युवा क्लब जहदाको बिच भएको उक्त अन्तिम क्वार्टर फाइनल खेलमा मिलन चौक युवा क्लब बिजयी भएको छ । खेलको दोश्रो हाल्फको ७ औं मिनेटमा जयरामपुर युवा क्लबले गोल गरेर १-० को अग्रता लिएपनि ९औ मिनेटमा मिलन चौक युवा क्लबले गोल फर्काएर १-१ को बराबरी बनाएको थियो ।

खेलको पुरा समयमा बराबरी भएपछि पेनाल्टीमा पुगेको खेलमा मिलन चौक युवा क्लब बिजयी भएको थियो । भोली प्रतियोगिताको पहिलो सेमिफाइनल खेल अर्ना बियर फुटबल टिम विरुद्ध जहदा आदर्श युवा क्लब बिच हुनेछ ।
प्रतियोगिता लोयल युथ कम्युनिटि र जिपि फाउन्डेसनको संयुक्त आयोजनामा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्