सात महिनाकी गर्भवती छोरीलाई विराटनगरमा छोडेर बाबु भारत फर्केपछि

सात महिनाकी गर्भवती छोरीलाई विराटनगरमा छोडेर बाबु भारत फर्केपछि

विराटनगर । लोकलाज ढाक्न सात महिनाकी गर्भवती छोरीलाई भारतको सीतामढीबाट आफ्नै बुबाले विराटनगरसम्म ल्याएर छोडेर भागेका छन् । उनी १३ वर्षीया बालिका हुन् । उनका बुबाले भन्टाबारी नाका हुँदै नेपाल प्रवेश गरेर जिल्ला प्रशासन कार्यालय, मोरङ आसपास छोडेर भागेको खुलेको छ ।

सात महिनाकी गर्भवती बालिकाको स्वास्थ्य अवस्था कमजोर छ । बुबाले छोडेर भागेपछि उनी विराटनगरमा गत माघ २९ गते रोहिरहेको अवस्थामा फेला परेकी थिइन् । उनको उद्धार र संरक्षण जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले गरेको थियो ।

उनको उद्धारपछि प्रहरीले स्वय्सेवी संस्थामा संरक्षणका लागि राखेको छ । सेफ हाउसमा पुगेपछि उनलाई परामर्श दिने क्रममा मात्रै सात महिनाकी गर्भवती रहेको खुल्न आएको संस्थाकी प्रमुख विष्णु शर्माले जानकारी दिनुभयो । बालिकाले बताए अनुसार उनी आफ्नै भिनाजुका भाई (दिदीको देवर) बाट गर्भवती भएकी हुन् ।

शर्माले भन्नुभयो–त्यसपछि उनका अभिभावकको खोजी भईरहेको छ । मोरङ प्रहरीले उनका अभिभावकको पहिचानका लागि भारतीय प्रहरीसँग सहयोग मागेको थियो । भारतीय प्रहरीले पारिवारिक सम्पर्क पहिचान गरिसकेको छ । बालिका र उनका बुबा तथा आमाको आधार कार्ड मोरङ प्रहरीलाई पठाएर अभिभावकको पहिचान भईसकेको छ ।

संस्थाकी प्रमुख शर्माका अनुसार उनलाई भारतकै स्वयम्सेवी संस्थाको जिम्मा लगाउने तयारी भईरहेको छ । उनको गर्भपतन गराउन समेत अभिभावक आवश्यक पर्नेछ, शर्माले भन्नुभयो–भारतकै प्रशासनलाई जिम्मा दिएपछि उहिंको कानुन अनुसार प्रक्रिया बढ्नेछ ।
उनको कोशी अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण समेत गराइएको छ । आवश्यक पर्ने स्वास्थ्य सुरक्षासहित मानसिक परामर्श गरिदैं आएको छ । अभिभावकको पहिचानसँगै बालिका आफ्नो घर फर्कन पाउने आशा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्