नेपालमै पहिलो पटक अन्तर–जिल्ला मनिष– दिपेन्द्र ट्रफी क्रिकेट सिरिज हुने

नेपालमै पहिलो पटक अन्तर–जिल्ला मनिष– दिपेन्द्र ट्रफी क्रिकेट सिरिज हुने

विराटनगर ।
नेपालमा पहिलो पटक मोरङ जिल्ला र सप्तरी जिल्लाबीचको ऐतिहासिक अन्तर–जिल्ला मनिष– दिपेन्द्र ट्रफी क्रिकेट सिरिज हुने भएको छ ।उक्त सिरिज नेपाल क्रिकेट संघ मोरङ र नेपाल क्रिकेट संघ सप्तरीको संयुक्त आयोजनामा हुन लागेको हो ।

‘यस्ता खेलहरूले खेलाडीहरू उत्पादनमा ठूलो मद्दत मिल्नुको साथै दुबै जिल्लाको क्रिकेट खेलको विकास, संस्कृति आदन प्रदान र भाइचाराको विकासमा ठूलो सहयोग पुग्नेछ,’ अध्यक्ष घिमिरले भन्नुभयो । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राखेर काम गरेको बताउनुभयो ।

साथै कार्यक्रममा गोल्डेन हस्पिटल प्राली विराटनगर र मोरङ जिल्ला क्रिकेट संघ विच संघमा आवद्ध खेलाडी, पदाधिकारी तथा क्रिकेटसँग आवद्ध विशेषज्ञहरुलाई स्वास्थ्य उपचारमा संघको सिफारिसको आधारमा ५० प्रतिशत छुटको व्यावस्था सम्बन्धी सम्झौता समेत गरिएको थियो । हस्पिटलको तर्फबाट अस्पताल प्रबन्धक महमद ज्याउल हक र मोरङ क्रिकेट संघको तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्