भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा संलग्न एक युवक पक्राउ

भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा संलग्न एक युवक पक्राउ

काठमाडौं :
प्रहरीले भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा संलग्न एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागरथीकै विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्र रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
मृतक १७ वर्षीया किशोरी भागरथी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की सनातन धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिईन् ।

पक्राउ परेका ती युवकले आफूले नै बलात्कारपछि हत्या गरेको स्व्किारेका छन् । उनलाई प्रहरीले आज विहान १० बजे सार्वजनिक गरेको छ । गत माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी भागरथी बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।

यो घट्नाको अनुशन्धानमा सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदी आँफै फिल्डमा खटिएका थिए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले हत्यामा संलग्नलाई पक्राउ गरिएको र आज सार्वजनिक गरिने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्