मितेरी च्यालेन्जको आयव्यय सार्र्वजानिक

<span class='c1'>मितेरी च्यालेन्जको</span> <span class='c2'>आयव्यय सार्र्वजानिक</span>

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ७ आइतबारेमा सञ्चालन भएको मितेरी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को आयव्यय सार्वजनिक गरिएको छ। माघ २४ गतेबाट माघ १ गतेसम्म से नो टु ड्रग्स भन्ने मुल नाराका साथ सम्पन्न भएको च्यालेन्ज कप फाइदाका साथ समाप्त भएको छ।सो जानकारी बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको थियो।

आइतबारेका स्थानीय युवाहरुको सक्रियता आयोजना गरिएको च्यालेन्ज कपको हिसावका आधारमा प्रायोजक,कानेपोखरी गाउँपालिका,वडा नम्बर ७ कार्यालय र सहयोग रसिदबाट जम्मा १२ लाख ३६ हजार ९ सय २१ रुपैयाँ संकलन भएको थियो सो मध्ये विभिन्न २१ बिधामा ८ लाख २७ हजार ७ सय ४१ रुपैयाँ खर्च भएको छ।आय र खर्च कटाउँदा ४ लाख ९ हजार १ सय ८० रुपैयाँ ४ पैसा फाइदा रकम संकलन भएको मितेरी युवा क्लबका सचिव अनिल परियारले बताए।

पुरस्कारमा १ लाख ३६ हजार, खेलाडी भाडा खर्च १ लाख २९ हजार, खेल सामाग्री खरिद ९३ हजार ५ सय ५ , साउण्ड सेट ४३ हजार, फ्लेक्स पृन्टरब्याजरकाडको लागि ३८ हजार ८ सय, खेल मैदानरस्टेज मर्मतका लागि ९८ हजार ८ सय २४ रुपैयाँ, नृत्यका लागि ६ हजार ५ सय ९० रुपैयाँ, यातायात तथा इन्धनमा १८ हजार ३ सय ५ रुपैयाँ, पानीका लागि ९ हजार ३ सय २० रुपैयाँ, स्टेशनरी सामग्रीका लागि २२ हजार ५ सय ४५ रुपैयाँ, उपचार खर्चमा २ हजार ४ सय २२ रुपैयाँ, संचारका लागि २ हजार ७ सय ५० रुपैयाँ, युरिया खरिदका लागि ३ सय ६० रुपैयाँ, मिडियाका लागि ३० हजार, प्रचार प्रसारका लागि २० हजार ४ सय, प्रशासनिक खर्च १४ हजार ९ सय, रेफ्री खर्च ६२ हजार, टेन्टका लागि ३० हजार, खाजा खर्च ३६ हजार ६ सय १५, क्लब नविकरणका लागि १५ हजार र विविध खर्चमा ७ हजार ५ सय ४ रुपैयाँ ६ पैसा खर्च भएको सम्मेलनमा खेलका कोषाध्यक्ष संजय सरकारले जानकारी गराए।

यस खेलमा प्रथम हुनेलाई स्थानिय संन्जिब गुरुङ,देबनन्द गुरुङ र सुजन गुरुङले आफ्ना स्व। माता पिताको स्मृतिमा पुरस्कार सौजन्य गरेका थिए भने दोश्रो पुरस्कार स्थानिय टेकराज लिम्बु र राजेश राइले संयुक्त रुपमा प्रायोजन गरेका थिए।सो रकम पनि आयमै समावेश गरिएको छ। अन्त्यमा कार्यक्रम समापन गर्दै आयोजक मितेरी युवा क्लबका अध्यक्ष अमृत चेम्जोङले फाइदा भएको रकमले क्लबका लागि भवन निर्माण गर्ने बताउदै खेललाई भव्य र सभ्य रुपले सम्पन्न गराउन महत्त्वपूर्ण भुमीका निर्वाह गर्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्