जहदामा शनिबारदेखि क्रिकेट प्रतियोगिता हुने

जहदामा शनिबारदेखि क्रिकेट प्रतियोगिता हुने

विराटनगर । मोरङको जहदा गाउँपालिका २ मझारेमा शनिबारदेखि क्रिकेट प्रतियोगिता हुने भएको छ । स्थानीय लक्ष्मीनिया युवा क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगितामा विराटनगर, कटहरी, धनापालथान र जहदाका गरि कुल १६ टिम सहभागी हुने भएकाछन् ।

फागुन ८ गते देखि २२ गते सम्म चल्ने उक्त प्रतियोगितामा जहदा गाउँपालिका वडा नं. ५ को आर्थिक सहयोग र वाईवाई थाहा मुस्ताङ बियरले प्रायोजन गरेको छ। प्रतियोगिताको बिजेतालाई नगद ५१ हजार रुपैयाँ र उप–बिजेतालाई २१ हजार रुपैयाँसहित मेडल, कप र प्रमाणपत्र दिइने क्लवका अध्यक्ष नितेश शाहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्