अफगानिस्तानमा बम बिस्फोट, एक प्रहरी अधिकारिको मृत्यु, १५ जना घाइते

अफगानिस्तानमा बम बिस्फोट, एक प्रहरी अधिकारिको मृत्यु,  १५ जना घाइते

अफगानिस्तान,
अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विस्फोटमा परी एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने यस विस्फोटमा अन्य १५ जना घाइते भएका छन । विस्फोट अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी शहर लास्कर घामा सो गराइएको थियो ।

बम विस्फोट कसले गराएको भन्ने बारेमा केही जानकारी आएको छैन । हालसम्म यस विस्फोट कुनै समूहले जिम्मा पनि लिएको छैन् । तर पनि प्रहरीले सो विस्फोट तालिबानी विद्रोहीले नै गराएको बताएका छन् । उक्त विस्फोट जिल्ला प्रहरी कार्यालय नजिकै भएको बताइएको छ ।

यस विस्फोटमा परेर अरु पनि केही नागरिक घाइते भएका र उनीहरुलाई आकस्मिक अस्पताल लगिएको एजेन्सीले जनाएको छ ।
-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्