केल्मी र भलिबल संघबीच सहकार्य सम्झौता

केल्मी र भलिबल संघबीच सहकार्य सम्झौता

विराटनगर । खेल सामाग्री उत्पादन संस्था केल्मे र नेपाल भलिबल संघबीच सहकार्य गर्ने गरि सोमबार सम्झौता भएको छ । नेपालका लागि आधिकारीक विक्रेता केल्मे नेपालका तर्फबाट कन्ट्रि डाईरेक्टर प्रदीप न्यौपाने र नेपाल भलिबल संघकातर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर सहित सम्झौता पत्र आदान प्रदान गरे ।

पहिलो पटक २ बर्षका लागि भएको सम्झौता बमोजिम केल्मेले पहिलो बर्ष महिला र पुरुष नेपाली भलिबल टोलीका लागि २० । २० सेट ट्रायकसुट, नि प्याड, अफिसियल जर्सी, मोजा, जुत्ता, २५० थान भलिबल, नेट र ट्रेनिङ्ग जर्सी प्रदान गर्ने छ । अव नेपाली भलिबल टोलीले स्पेनिस खेल सामाग्री उत्पादक संस्था केल्मेको आधिकारीक सामाग्रीलाई आफ्नो ब्राण्ड बनाउने छ ।

सम्झौता पश्चात बोल्दै डाईरेक्टर न्यौपानेले नेपालको राष्ट्रिय खेल भलिबललाई केल्मीले अग्रभागमा राखेर अगाडी बढेको भन्दै पहिलो पटक २ बर्षको लागि सम्झौता भएको बताए । उनले नेपालमा फुटबलबाट सुरुभएको सहयोगको सिलसिला एपिएफ क्लब हुँदै भलिबल सम्म आईपुगेको बताए ।

उनले फुटबलमा केल्मेले गरेको सहयोगले अरु कम्पनीहरुले समेत प्रतिस्पर्धा गर्न थालेको भन्दै यो अवस्था भलिबलमा लागु होस् भन्ने कामना रहेको बताए । न्यौपानेले खेलाडीहरुको भविष्य सुनिश्चित गर्नु संघको दायित्व भएको भन्दै टिम प्रशिक्षणलाई निरन्तरता प्रदान गरेमा मात्र नतिजा प्राप्त हुने बताए ।

उनले नेपाली टोलीको आफ्नै लोगो र पहिचानको जर्सी आई पुग्न समय लागेका कारण अहिलेनै मुल्यमा त्यसलाई उजागर गर्न नसकेको र सामान आए पश्चात उक्त कुरालाई उजागर गर्ने बताए ।
अध्यक्ष मनोरञ्जन रमण शर्माले भलिबल संघ र केल्मीविच सम्झौ मुल्यमा नभई अमुल्य रहेको र त्यसका लागि पत्रकार प्रकाश तिमल्सिना र ओलम्पियन दीपक बिष्टको पहलको स¥हाना गर्दै धन्यवाद प्रदान गरे ।
महासचिव जितेन्द्र बहादुर चन्दले नेपाली भलिबलका लागि ब्रान्ड बन्न लागेको केल्मीलाई भलिबलको माध्ययमले गाँउ गाँउ सम्म प्रचार प्रसार र मार्केटिङ्ग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्