कोभाक्स सुविधाबाट प्राप्त कोभिड–१९ विरुद्धको खोप घाना पुग्यो

कोभाक्स सुविधाबाट प्राप्त कोभिड–१९ विरुद्धको खोप घाना पुग्यो

आक्रा
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाईमा खरिद गरिएको कोभाक्स सुविधाको खोप अफ्रिकी मुलुक घाना पुगेको छ । डब्लुएचओले गरिब मुलुकहरुलाई कोभिड–१९ खोपमा पहुँच उपलब्ध गराउन कोभाक्स स्थापना गरेको छ ।

घानालाई डब्लुएचओले सेरम इन्स्टिच्यूटबाट उत्पादित छ लाख थान कोभिसिल्ड खोप उपलब्ध गराएको छ । यो खोप बुधबार घाना पुग्दैछ ।

उक्त खोप मुम्बईबाट घाना पठाइएको छ । कोभाक्सले सन् २०२१ को अन्त्यसम्ममा विश्वभर कोभिड–१९ विरुद्धको खोप दुई अर्ब डोज उपलब्ध गराउँदैछ ।- एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्