दोस्रो तिलोत्तमा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आजदेखि सुरु

दोस्रो तिलोत्तमा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आजदेखि सुरु

रुपन्देही
रुपन्देहीको तिलोत्तमामा दोस्रो तिलोत्तमा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आजदेखि सुरु भएको छ । नगरप्रमुख वासुदेव घिमिरेले प्रतियोगिताको उद्घाटन गर्दै प्रतियोगितामा सहभागी खेलाडीहरूलाई स्वच्छ र स्वस्थ प्रतिस्पर्धा लागि आग्रह गरेका छन् ।
नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरको वार्षिक कार्यतालिका अनुसार आयोजना गरिएको प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । तिलोत्तमा नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको संयोजनमा प्रतियोगिता भएको हो ।
तिलोत्तमा–४ मा अवस्थित स्थानीय जनज्योति युवा क्लबको खेल मैदानमा जारी प्रतियोगितामा नगरका ३१ वटा विद्यालयहरूले १७ विधाका लागि प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगिता अन्तरगत पहिलो दिन १५ सय मिटर दौड, छात्रा तथा छात्रा भलिबल, तेक्वान्दो, सटपुट, कबड्डी लगायतका इभेन्टहरुमा प्रतिस्पर्धा हुने खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिए ।
आगामी शुक्रवारसम्म चल्ने प्रतियोगितामा विभिन्न विधागत प्रतिस्पर्धामा पहिलो हुने प्रतियोगीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट हुनेछन् । तस्बिर -रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्