जहदा–६ पोखरिया फाइनलमा

जहदा–६ पोखरिया फाइनलमा

विराटनगर । मोरङको जहदामा लक्ष्मीनिया युवा क्लवद्वारा आयोजित वाईवाई वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा सोमबारदेखि सेमीफाइनल खेल सुरु भएको छ। पहिलो सेमीफाइनल खेल जहदा–६ पोखरिया र लक्ष्मी युवा स्पोर्टिंग क्लब बभनटोलीबीच भएको थियो । जहदा–६ पोखरिया ले टस जितेर पहिले ब्याटिंग गर्दा २० ओभरको समाप्तिसम्म १७५ रनको योगफल तयार पारेको थियो ।

जहदा–६ पोखरियाकोतर्फ बाट नितेश सहनीले सबै भन्दा धेरै ५४ रन, बिनेश सहनीले ४७ रन, दिवसले २२ रन, मुकेशले १२ र अरुणले ७ रन बाँकी वाइडबाइमा गरि जम्मा १७५ रन बनाएका थिए।

यता लक्ष्मी युवा स्पोर्टिंग क्लबकोतर्फ बाट पप्पुले २ विकेट, श्रवण राजबंशीले २ विकेट, आशिषले १ विकेट र कुशले एक बिकट लिएका थिए।
लक्ष्य पछ्याउँदै जवाफी ब्याटिंगमा उत्रिएको लक्ष्मी युवा स्पोर्टिंग क्लब १८ ओभरमै अलआउट हुदै १३७ रन मात्र बनाउन सक्यो। लक्ष्मीयुवा स्पोर्टिंग क्लब बाट रेवतीले ४५ रन, कारणले २५ रन, आशिष ले १२ रन,बरुनले ११ रन बनाएका थिए। पोखरीयाकोतर्फ बाट मुकेशले ३ विकेट, बिनेशले २ विकेट, दिवसले ४ विकेट,नितेस सहनीले १ विकेट लिएका थिए।

पहिलो सेमिफाइनलको जीतसँँगै जहदा–६ पोखरिया ३९ रनको जीत निकाल्दै फाइनलमा प्रवेश गरेको छ । खेलमा १ विकेट र ५४ रन लिएर म्यान अफ दि म्याच भएका नितेश शहनीलाई लाई आयोजक लक्ष्मीनिया युवा क्लवका सदस्य अरविन्द राजभरले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
अर्को सेमी फाइनल खेल मंगलबार एम.एम.सी. क्लब बिराटनगर र कलाबन्जर युवा स्पोर्टिंग क्लब धनपालथानबीच हुने क्लबका अध्यक्ष नितेश कुमार शाहले जानकारी दिनुभयो। लक्ष्मीनिया युवा क्लवले आयोजना गरेको सो क्रिकेट प्रतियोगितालाई जहदा–५ वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । वाईवाईले प्रायोजन गरेको प्रतियोगितामा मुस्तांङ बियर सह–प्रायोजक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्