प्रदेश १ मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु, १२ जिल्लाका ९९ जना खेलाडी प्रतिस्पर्धामा

प्रदेश १ मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु, १२ जिल्लाका ९९ जना खेलाडी प्रतिस्पर्धामा

भोजपुर । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ बुधबार सुरु भएको छ । प्रतियोगिताको प्रमुख अतिथी भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे । यस्तै प्रमुख अतिथी मेयर आलेले प्रतियोगिता रेफ्रि अनुप शाक्यलाई सटल कर्क हस्तान्तरण गर्दै प्रतियोगिता संचालन गर्न अनुरोध प्रदान गरे ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथी मेयर आलेले खेलाडी भनेका राष्ट्रका लागि निस्वार्थ रुपमा योगदान गर्ने र अन्तराष्ट्रिय खेल क्षेत्रमा राष्ट्रको झण्डा उचाल्दै राष्ट्रको पहिचान दिने ब्यक्तित्वहरु रहेको बताए । तसर्थ खेलाडीहरु जहिले पनि अनुशासनमा रहनु आवश्यक रहेको समेत उनले बताए । खेल प्रतियोगिता भनेको बिजय प्राप्त गर्नु मात्र नभई भातृत्व र भाईचाराको बिकास गर्नु पनि रहेको भन्दै विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका खेलाडीहरुका विच आपसी भातृत्व र भाईचाराको बिकास हुने बताए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो भोजपुर रहेको स्मरण गर्दै मेयर आलेले एकै घरबाट तीन राष्ट्रिय च्याम्पियन तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरि भोजपुरको पहिचान गराउन सफल भएकोमा खेलाडी तथा पूर्व जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दान बहादुर तामाङ्गलाई धन्यबाद प्रदान गर्दै कृतज्ञता ब्यक्त गरे । यस्तै प्रतियोगितालाई सफलताको शुभकामना प्रदान गर्दै उपमेयर ममिता राईले सम्पूर्ण खेलाडीहरुलाई स्वागत गर्दै प्रतियोगितालाई सफल बनाउन शुभकामना ब्यक्त गरिन् ।

बिशेष अतिथीको रुपमा प्रतियोगितालाई शुभकामना ब्यक्त गर्ने क्रममा प्रमुअ जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीले खेलको तीन खम्बा बिकास अनुशासन र गतिसिलता भएको भन्दै प्रथमतः खेलाडीहरु अनुशासित हुनु पर्ने र साथ साथै गतिसिल हुनु पर्ने जसले खेलको बिकासमा सहयोग पुग्ने बताए । उनले प्रतियोगितामा सहभागिता जनाउन आउने सम्पूर्णलाई सुरक्षाको लागि निश्चिन्त रहन आव्हान गरे ।
कार्यक्रमका सभापती एवं आयोजक भोजपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठले ब्याडमिन्टनको ईतिहासमानै भोजपुर जिल्लाबाट सर्वाधिक राष्ट्रिय च्याम्पियनहरु उत्पादन गरेको स्मरण गर्दै जिल्लामा यति ठुलो प्रतियोगिता संचालन गर्न सहयोग गरेकोमा प्रमुख अतिथी मेयर र भोजपुर नगरपालिकालाई धन्यवाद प्रदान गरे । उनले अन्य नगरपालिकामा प्रतियोगिता संचालन गर्न आर्थिक संकलनका लागि निकैनै कठिनाई हुने भन्दै भोजपुर नगरपालिकाका मेयरले प्रतियोगिताका लागि खर्च छुट्याएर प्रतियोगिता आयोजना गर्न मेयर आफैले पहल गरेको बताए ।

१२ जिल्लाका ९९ जना खेलाडी प्रतिस्पर्धामा
प्रतियोगितामा पूर्वाञ्चलका १२ जिल्लाका ९९ खेलाडीहरुले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा महिला पुरुष एकल, पुरुष युगल, यु १७ र यु १३ छात्र तथा छात्रा गरि ७ स्पर्धामा प्रतिस्पर्धा हुँदै छ ।


आयोजक भोजपुरका बिशाल र सुभाष प्रिक्वाटरमा
भोजपुरका बिशाल तामाङ्ग भोजपुरमा जारी प्रदेश नं। १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटरमा प्रवेश गरेका छन् । बिशालले पुरुष एकल प्रतियोगिताको पहिलो दिन सुनसरीका सत्यन सुब्बा माथि १८।२१, २३।२१, २१।१४ को जित निकाल्दै प्रिक्वाटरमा प्रवेश गरे । भोजपुरकै अर्का खेलाडी सुभाष तामाङ्ग पनि प्रिक्वाटरमा स्थान बनाउन सफल भए । सुभाषले सोलखुम्बुका संयोग सुब्बालाई २१।१६, २१।१९ ले पराजित गरे । यसै गरि प्रिक्वाटरमा स्थान बनाउने क्रममा सुनसरीका प्रकाश लिम्बुले मोरङ्गका जोन जसराजलाई २१।१४, २१।१५ले पन्छाए । यस्तै पाँचथरका दिवस शंकरले भोजपुर दिङ्गलाका नरेन्द्र तामाङ्गबाट, बेलटार चौदन्डिगढीका विनय चौधरीले भोजपुरका सुजन तामाङ्गबाट, भोजपुरका सुरज रानाले भोजपुर दिङ्गलाका दावा शेर्पाबाट वाक ओभर प्राप्त गर्दै प्रिक्वाटरमा प्रवेश गरे ।

पुरुष युगल तर्फ बेलबारीका अजय चौधरी र मंदीप घले, संखवासभाका सुनिल कार्की र निशान कटुवाल, खोटाङ्गका बिजय राई र सविन श्रेष्ठ, बेलबारीका नविन राई र लाक्पा शेर्पा, भोजपुर दिङ्गलाका लेखनाथ श्रेष्ठ र बुद्ध ताामाङ्ग तथा भोजपुरका सुरज मगर र मनोज श्रेष्ठको जोडीले पनि प्रिक्वाटरमा स्थान सुरक्षित गरे ।

ब्वाईज यु १७ तर्फ सोलुखुम्बुका संयोग बस्नेत, खोटाङ्गका सनम राई, ईटहरी ब्याडमिन्टन क्लबका भोज बहादुर गुरुङ्ग, ओखलढुङ्गाका बिकास कटुवाल, संखुवासभाका निशान कटुवाल, धनकुटाका सुजन तामाङ्ग, बेलटारका बिनय चौधरी, खोटाङ्गका बिकास खत्री, भोजपुरका युनिश राई, सोलुखुम्बुका संयोग बस्नेत, खोटाङ्गका सनम राई, ओलढुङ्गाका हेमन्त राई, संखुवासभाका सुनिल कार्की, मोरङ्गका जोन जसराज, खोटाङ्गका बिजय राई, बेलटारका सनिल चौधरी, खोटाङ्गका सबिन श्रेष्ठ र सुनसरीका सत्यम सुुब्बा पनि अन्तिम १६ प्रवेश गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्